PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यस्तो रह्यो ३२ जिल्लामा उम्मेदवारी दर्ताको रौनक, ८ सय २ जनाको उम्मेदवारी दर्ता

यस्तो रह्यो ३२ जिल्लामा उम्मेदवारी दर्ताको रौनक, ८ सय २ जनाको उम्मेदवारी दर्ता


काठमाडौँ : आगामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मनोनयन दर्ता कार्यक्रम राजनीतिक दल र उम्मेदवारको निकै उत्साहजनक सहभागितामा भएको निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचन आयोगमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राजनीतिक दल र उम्मेदवारबीच पारस्परिक सहयोग र हार्दिकताका साथ उम्मेदवारी दर्ता भएको बताए। 

नेपाली जनताको सार्वभौमसत्ता सम्पन्न संसद् गठनका लागि भएको निर्वाचन आफैमा पनि ऐतिहासिक रहेको बताउँदै उनले आजको उम्मेदवारी मनोनयन कार्यक्रम अत्यन्तै शान्तिपूर्ण भएको उल्लेख गरे। 

आयोगको केन्द्रीय कार्यालयमा रहेको संयुक्त निर्वाचन संचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरण अनुसार प्रतिनिधिसभातर्फ ३२० र प्रदेशसभा सभातर्फ ४८२ गरी जम्मा ८०२ जनाको उम्मेदवारी दर्ता भएको छ।

प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रका लागि आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था गरिएको थियो। 

चुनावका लागि गठबन्धन बनाएका दलहरुले संयुक्त जुलुस निकाली उम्मेदवारी मनोनयन दर्ता गरेका थिए। एमाले र माओवादी केन्द्रले संयुक्त जुलुस निकालेका थिए। त्यसैगरी कांग्रेसले पनि गठबन्धन बनाएका दलहरुसित उम्मेदवारी दर्ता गरेको थियो।

पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ जना मतदाताले मताधिकारको प्रयोग गर्दैछन्। 

आजको उम्मेदवारको मनोनयन दर्ता भएपछि आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारविरुद्ध उजुरी दिने, उजुरी जाँचबुझ तथा छानबिन गर्ने, उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न गरी २०७४ कात्तिक ८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम छ। 
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन पहिलो चरणमा आगामी मसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन दर्ता गर्न बाजुरास्थित निर्वाचन अधिकृतको कार्यालयतर्फ जाँदै वाम गठबन्धनको जुलुस । तस्बिर : प्रेम रौले, बाजुरा, रासस
निर्वाचन अधिकृतको कार्यालय गोरखामा उम्मेदवारी दर्ता गरेपछि नेकपा माओवादी, नेकपा एमालेको गठबन्धनबाट उम्मेदवार बन्नुभएका माओवादी नेता नारायणकाजी श्रेष्ठ, हरि अधिकारी लगायत नेताहरु । तस्बिर : प्रशन्न पोखरेल, गोरखा, रासस
नेपाली काँग्रेस, नयाँ शक्ति र राप्रपाको तालमेलमा उम्मेदवार बनेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, नेपाली काँग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठसहित नेताहरु
उम्मेदवारी दर्ता गराउन जाने क्रममा नेपाली काँग्रेसले खोटाङमा निकालेको जुलुस
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संयुक्त र्‍याली । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा एमालेले दुई र माओवादी केन्द्रले एउटा क्षेत्रको टिकट पाएको छ
म्याग्दीको बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता गराउँदै नेपाली काँग्रेसका खम्बिर गर्बुजा र अमलाल फगामी । तस्बिरः सन्तोष गौतम, म्याग्दी, रासस
म्याग्दीको बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेवारी दर्ता गरानुअघि चुनावी तालमेल गरेका नेकपा (एमाले) र माओवादी केन्द्रले बेनीमा निकालेको उम्मेदवारसहितको ¥याली
आइतबार उम्मेदवारी मनोनयनको दर्ताका लागि बाजुरास्थित निर्वाचन अधिकृतको कार्यालयतर्फ जाँदै नेपाली काँग्रेसको बाजागाजासहितको जुलुस
मनोनयन दर्ता गर्न जाँदै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को नुवाकोटमा वाम गठबन्धनका उम्मेदवारहरु
आगमी मंसिर १० गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि मनोनयन दर्ता गर्न जाँदै नुवाकोट क्षेत्र नं १ का काँग्रेस उम्मेदवार डा रामशरण महत । तस्बिरः नवदीप श्रेष्ठ, रासस


ट्रेन्डिङ पोस्ट

Ncell