PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

युवती जिस्काएपछि गोली प्रहार, प्रहरीद्वारा युवतीसहित चार जना सार्वजनिक



युवती जिस्काएपछि गोली प्रहार, प्रहरीद्वारा युवतीसहित चार जना सार्वजनिक
प्रतीकात्मक फोटो

काठमाडौः काठमाडौँको म्हेपीमा आइतबार एकाबिहानै गोली चलेको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको  छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंले आइतवार पत्रकार सम्मेलन गर्दै चार जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–५ स्वयम्भू बस्ने ३६ बर्षीय असुन गुरुङ, चितवन सौराहा–१६ घर भई काठमाडौँ महानगरपालिका–१६ डेरा गरी बस्ने २३ वर्षीया सविना क्षेत्री, नुवाकोट खानीगाउँ–४ घर भई काठमाडौँ महानगरपालिका–१६ नयाँबजार डेरा गरी बस्ने ३५ बर्षीय नवराज लामिछाने र काठमाडौँ महानगरपालिका–१२ बस्ने ३१ बर्षीय सुरेन्द्र शाही रहेका छन्। 

पत्रकार सम्मेलनमा परिसरका एसएसपी रविन्द्र धानुकले गोली असुन गुरुङले चलाएको जानकारी दिए। रानीबारी बस्ने गोरखा लार्पाकका कल्याण गुरुङमाथि गोली प्रहार भएको थियो। 

प्रहरीका अनुसार शनिबार राति २ बजेसम्म ठमेलको सिएनआइ डिस्कोमा सविना र कल्याण सँगै थिए। २ बजेपछि सविना डिस्कोबाट निस्किन्। त्यसको केही समय पछि कल्याण पनि निस्किए। 

एसएसपी धानुकले भने, 'त्यसपछि बा ५७ प ६९५७ नम्बरको स्कुटरमा रहेका कल्याणले सविनालाई पछ्याए। आफूलाई कल्याणले पिछा गरेको थाहा पाएपछि सविनाले फोन गरेर असुनलाई बोलाइन्। 

सेतो कारमा आएका असुनले सविनालाई आफ्नै कारमा राखे। असुन आएपछि पनि कल्याणले सविनाको पिछा गर्न छोडेनन्। 

त्यसपछि कारमा रहेका असुनले आफूसँग भएको पेस्तोल निकालेर गोली प्रहार गरेका थिए। एसएपी धानुकले ज्यान मार्ने मनसायले नभई तर्साउन गोली चलाएको बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell