PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोहलीले पछि पारे पोन्टिङलाई, बनाए करियरको ३१औँ वान डे शतक



पहिलोपोस्ट

कोहलीले पछि पारे पोन्टिङलाई, बनाए करियरको ३१औँ वान डे शतक

भारतिय क्रिकेट टिमका कप्तान विराट कोहलीले आफ्नो करियरको ३१औँ वान डे शतक प्रहार गरेका छन्। कोहलीले आइतबार न्यूजिल्याण्ड विरुद्धको फस्ट वान डे खेलमा शतक प्रहार गर्दै सर्वाधिक वान डे शतक प्रहार गर्नेमा दोस्रो स्थानमा पुग्न अष्ट्रेलियन खेलाडी रिक्की पोन्टिङलाई पछि पारे।

कोहलीले १११ बल खेल्दै शतक पूरा गरेका हुन्। उनले १२५ बल खेल्दै १२५ रनको योगदान गरे। कोहलीले २ सयौँ खेलमा ३१ वान डे शतक बनाएका हुन्। पोन्टिङले ३७५ खेल खेल्दै ३० शतक प्रहार गरेका थिए।

सर्वाधिक वान डे शतक प्रहार गर्ने कीर्तिमान मास्टर ब्लास्टर सचिन रमेश तेन्दुलकरको नाममा छ। तेन्दुलकरले ४६३ खेल खेल्दै ४९ शतक प्रहार गरेका छन्।

यस्तै कोहलीको सबैखाले क्रिकेटमा शतक संख्या ४८ पुगेको छ। सबैखाले शतक प्रहार गर्नेमा कोहली पूर्व भारतिय कप्तान राहुल द्रविडसंगै आठौँ स्थानमा छन्।

वान डे क्रिकेटमा २ सय खेल पछि कोहली सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत बनेका छन्। उनले २ सय खेलमा ८ हजार ८८८ रन बनाएका छन्।

मुम्बईस्थित वाङ्खडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २८० रन बनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell