PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एमाले प्रवेशको १९औं दिनमा दीपक मनाङ्गेको विद्रोह, स्वतन्त्रबाट उम्मेदवारी



पहिलोपोस्ट

एमाले प्रवेशको १९औं दिनमा दीपक मनाङ्गेको विद्रोह, स्वतन्त्रबाट उम्मेदवारी
तस्बिर: फाइल

काठमाडौं: राजीव गुरुङ भनिने दीपक मनाङेलाई अन्तत: एमालेले  टिकट नदिने भएको छ। प्रदेशसभाका लागि सिफारिसमा परेका मनाङेलाई टिकट दिने तयारी गरेको भन्दै एमालेको आलोचना समेत भएको थियो।

मनाङबाट प्रदेशसभाका लागि स‍‍र्वसम्मत सिफारिस भएका उनको नाम एमाले केन्द्रले काटेको हो।

एमालेले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। टिकट नपाएपछि उनले भने 'मलाई जनताले पत्याएका छन् त्यसैले म स्वतन्त्रतर्फ उम्मेद्वारी दिँदै छु।'

कांग्रेस हुँदै राप्रपा मनाङका अध्यक्ष रहेका मनाङे गत असो १७ गते काठमाडौंको ठमेलस्थित होटल मर्स्याङ्दीमा एमाले जिल्ला अध्यक्ष पाल्तेन गुरुङ्बाट टिका लगाएर एमाले प्रवेश गरेका थिए। पार्टी प्रवेशसँगै उनको नाम प्रदेशसभाका लागि सिफारिस भएको थियो।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell