PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बुटवलमा ९ लाख रुपैयाँ नगदसहित २७ जुवाडे पक्राउ



चन्द्रकान्त खनाल

बुटवलमा ९ लाख रुपैयाँ नगदसहित २७ जुवाडे पक्राउ

रुपन्देहीः इलाका प्रहरी कार्यालय बुटवलले तिहारको समयमा जुवा खेलिरहेका २६ जनालाई साढे ९ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको छ। तिलोत्तमा नगरपालिका ५ स्थित मणिग्रामका मनीष अधिकारीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले नगद ९ लाख ४६ हजार १९५ रुपैयाँ, कौडा १६ थान तथा तास बरामद् गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक पवनकुमार भट्टराइले बताए।

पक्राउ पर्नेमा यातायात व्यवसायी, शिक्षक र व्यापारी रहेको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ। रुपन्देही प्रहरीले जुवा, तास खेल्न प्रतिवन्ध लगाएको थियो। साथै राति ९ बजेपछि देउसी भैलो खेल्न समेत प्रतिवन्ध लगाएको थियो।

पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तर्गत कारबाही हुने प्रहरी नायव उपरीक्षक भट्टराईले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell