PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

वाम गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि, प्युठानमा प्रतिनिधि सभा र बाग्लुङमा प्रदेश सभा भागमा



वाम गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि, प्युठानमा प्रतिनिधि सभा र बाग्लुङमा प्रदेश सभा भागमा

काठमाडौँ : मुलुकको प्रमुख दुई वामपन्थी दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि सहभागी भएको छ। 

तीन वाम दलहरुबीच प्यूठान र वाग्लुङका केही क्षेत्रमा जनमोर्चालाई ठूला वाम दलले सघाउने गरी  आज सहमति भएको हो। 

सहमतिअनुसार प्यूठानको प्रतिनिधि सभा जनमोर्चाको भागमा परेको छ। जिल्लाको प्रदेश सभाका दुई क्षेत्रमध्ये एउटामा एमाले र अर्कोमा माओवादी केन्द्रका उम्मेदवार हुनेछन्।

यस्तै बाग्लुङमा प्रतिनिधि सभाका दुई सिटमध्ये १ मा एमाले र २ मा माओवादी केन्द्र उम्मेदवार हुनेछन्। जिल्लाका चार प्रदेश क्षेत्रमध्ये एमाले र माओवादी केन्द्रलाई एक/एक र बाँकी दुई स्थान मोर्चालाई दिइनेछ। 

सहमतिसँगै देशभर तालमेलको सन्देश प्रवाह गर्न र एकले अर्काेलाई सघाउने तीन दल सहमति भएका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओली, केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले आज संयुक्तरुपमा जारी विज्ञप्तिमा जनाइएको छ। 

गत असोज १७ मा घोषणा भएको वाम गठबन्धनमा नयाँ शक्ति नेपाल भने असन्तुष्ट हुँदै लोकतान्त्रिक गठबन्धनसँग पनि तालमेल गर्ने निष्कर्षमा पुगेको छ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell