PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पूर्वराजा ज्ञानेन्द्रले भने, 'समय आयो, जिम्मेवारी र नेतृत्व लिन म तयार छु'



पूर्वराजा ज्ञानेन्द्रले भने, 'समय आयो, जिम्मेवारी र नेतृत्व लिन म तयार छु'

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले जिम्मेवारी र नेतृत्व लिन आफू तयार भएको बताएका छन्। संविधान कार्यान्वयनको अन्तिम चरणतिर
प्रतिनिधि सभा र प्रदेश सभाको लागि प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दर्ता गर्ने अघिल्लो दिन भाइटीकापछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो विचार राखेका हुन्। 

'एउटा जिम्मेवार नागरिकको हैसियतले मलाई चिन्ता र चासो हुनु स्वभाविकै हो', पूर्वराजाले साहित्यिक शैलीमा भने, 'अहिले परिस्थिति कस्तो छ भने दुबोको माला, गोदावरी फूलको माला, मखमली फूलको मालाको महत्त्व नबुझ्ने तर कागजको फूलको सुवास खोज्ने। यो परिस्थितिमा हामी हिँडिरहेका छौँ।'

'नेतृ्त्व नभए जस्तो देखिएको छ,' उनले अगाडि भने, 'त्यसैले अब समय आयो जस्तो लाग्छ- जिम्मेवारी लिन र नेतृत्व दिन म तयार छु।'

उनले भने, 'तर सबै जनताको इच्छा हुनुपर्छ। र यो कुरा गर्दा फेरि सक्रिय भयो भन्ने कुरा निस्किएला। यो सक्रिय र निस्क्रिय हुने कुरा हैन। देशको परिस्थितिले मागेको समय आएको जस्तो लाग्छ। फेरि म दोहोर्‍याउन चाहन्छु सबैले चाहेर यो हुनुपर्छ।' 

उनले तिहारको बेला परिवारसँग बिताउनु पर्ने समय भए पनि जिम्मेवार सबै दाजुभाइ दिदीबहिनीलाई आफूले भनेको कुरामा पनि ध्यान दिन आग्रह गरे। 

संविधान जारी भएको विषयमा प्रतिक्रिया माग्दा उनले यो सबैलाई मान्य नभएको आफूले बुझेको बताए। 'यो दस्तावेजलाई कसरी सबैलाई मान्य बनाउने' उनले भने। 

भिडियो हेर्नुस्-


  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell