PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

विश्व पारा तेक्वान्दोमा रन्जनालाई कांस्य



पहिलोपोस्ट

विश्व पारा तेक्वान्दोमा रन्जनालाई कांस्य

काठमाडौं : बेलायतमा भएको सातौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी रन्जना धामीले कांस्य पदक जितेकी छिन्। शुक्रबार लन्डनस्थित कुपर बक्स एरिनामा भएको खेलको रन्जनाले के–४४ विधाको ४९ केजी तौल समूहमुनि कांस्य पदक जितिन्।

वेस्ट लन्डनको कुपर बक्स एरिनामा भएको खेलको सेमिफाइलामा रन्जना मंगोलियाकी खेलाडीसँग ३०–२५ ले स्तब्ध भएपछि कांस्य पदकमै सिमित भएको नेपाल टोलीका प्रशिक्षक कल्याण कुँवरले जानकारी दिए।

विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालले अहिलेसम्म ठुलो पदक रजत जितेको थियो। नेपालका लागि यादव कुँवरले चौथो विश्व पारा तेक्वान्दोमा कांस्य र पाचौँमा रजत पदक जितेका थिए।

शुक्रबार नै भएको क्वाटरफाइनलमा रन्जनाले पेरुकी खेलाडी इस्पिनोजा कारान्जालाई २०–२२ हराउँदै पदकका लागि स्थान पक्का गरेको थिए। महिलाकै के–४४ को ५८ केजी तौलसमूमा पलेसा गोवर्धन क्वाटरफाइनलमा रसियाकी खेलाडीसँग १३–५ ले स्तब्ध हुँदै पदकविहिन भइन्।

त्यसअघि पलेसाले प्री–क्वाटर फाइनलमा युक्रेनकी रहान्किना ओक्सानालाई १०–२ ले हराएकी थिइन्।

पुरुषतर्फ के–४२ विधाको ७५ केजीमुनि रोहित हाङराई अमेरिकाका खेलाडीसँग १३–० र के–४२ विधाकै ६१ केजीमुनि राम अधिकारी युक्रेनका खेलाडीसँग १५–२ ले क्वाटरफाइनलमा पराजित भएको पारा कमिटीका संयोजक र नेपाल तेक्वान्दो संघका कोषाध्यक्षसमेत रहेका नेपाली टिमका हेड कासिम मिँया धोबीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell