PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आगलागीबाट धनगढीमा ५० लाख रुपैयाँ बराबरको क्षति



पहिलोपोस्ट

आगलागीबाट धनगढीमा ५० लाख रुपैयाँ बराबरको क्षति

धनगढी : धनगढीको व्यस्त बजार ट्राफिक चोकको ‘भट्टराई प्लाष्टिक शोरुम’मा गएराति भएको आगलागीबाट झण्डै ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

शोरुम पछाडिको खुला ठाउँमा राखिएको प्लाष्टिकजन्य व्यापारिक सामानबाट सल्केको आगो शोरुम रहेको दुईतले भवनमा लागेपछि भवनमा समेत ठूलो क्षति पुगेको छ। 

स्थानीयवासी रामनाथ भट्टराईले संचालन गरेको शोरुममा भएको आगलागीबाट कुर्सी लगायतका प्लाष्टिकजन्य व्यापारिक सामान जलेर नष्ट भएको छ। 

प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा धनगढी उपमहानगरपालिकाको दुईवटा दमकल र गोदावरी नगरपालिकाको एउटा दमकलको सहायतामा डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएपछि वरिपरिका अन्य घरपसल आगो लाग्नबाट जोगिएका थिए। 

पटका पट्काउँदा निस्केको आगोको झिल्कोले आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell