PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अमेरिकी–कोरियाली सैन्य अभ्यासको उत्तर कोरियाद्वारा विरोध, दुई देशले सैन्य शक्तिको घमण्ड देखाएका आरोप



पहिलोपोस्ट

अमेरिकी–कोरियाली सैन्य अभ्यासको उत्तर कोरियाद्वारा विरोध, दुई देशले सैन्य शक्तिको घमण्ड देखाएका आरोप
फोटो श्रोतः businessinsider.com

प्योङयाङ :  उत्तर कोरियाले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले सुरु गरेको संयुक्त सैन्य अभ्यासको विरोध गरेको छ। 

दुई देशले गत सोमबारदेखि संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्। उत्तर र दक्षिण कोरियाको समुद्रको सीमामा पर्नेगरी यी दुई देशले सैन्य अभ्यास सुरु गरेका हुन्। 

अमेरिका र दक्षिण कोरियाको इतिहासमा सबैभन्दा ठूलो यो सैन्य अभ्यासले आफ्नो देशलाई एक किसिमले सैन्य शक्तिको घमण्ड देखाएको आरोप उत्तर कोरियाले लगाएको छ ।
 
विज्ञप्ति प्रकाशित गरी उत्तर कोरियाको ‘इमर्जेन्सी कमिटी’का प्रवक्ताले विरोध गरेका हुन्। उनले विज्ञप्तिमा भनेका छन्– यी दुई देशले अहिलेसम्मकै सबैभन्दा ठूलो यो सैन्य अभ्यास सञ्चालन गरेर कोरियाली प्रायद्वीपमा युद्ध चाहेका छन्। 

विज्ञप्तिमा उनले अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा शान्ति भन्दा पनि युद्ध चाहेकोले यस्ता सैन्य अभ्यासजस्ता उत्तेजक व्यवहारहरु प्रदर्शन गरेका आरोप पनि लगाएका छन्। 

दुई देशले सञ्चालन गरेको यो सैन्य अभ्यास इतिहासमा सबैभन्दा ठूलो सङ्ख्याको रहेको बताइएको छ। तर कतिजना सेना वा के कस्तो सैन्य प्रदर्शनी त्यहाँ भइरहेको छ भन्ने बारेमा भने केही बताइएको छैन। 

उत्तर कोरियाले दुई महिनामात्र अघि गरेको आणविक परीक्षणले विश्वमा नै तरङ्ग ल्याएको छ। सैन्य अभ्यास उत्तर कोरियाको आणविक परीक्षण पछि आएकोले यसले आफ्नो देशलाई चुनौती दिन खोजेको अर्थमा उत्तर कोरियाले लिएको छ। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell