PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

गीतले चिनिएको ऐश्वर्यलाई ट्रेलरको साथ, फिल्म कार्तिक ९ मा आउँदै



पहिलोपोस्ट

गीतले चिनिएको ऐश्वर्यलाई ट्रेलरको साथ, फिल्म कार्तिक ९ मा आउँदै

काठमाडौं : पहिलो गीत तिमी रोएको पल सार्वजनिक भएसँगै फिल्म ऐश्वर्य चर्चामा आयो। अर्जुन पोखरेलको संगीत र शब्द रहेको गीतमा सुगम पोखरेल र अन्जु पन्तले स्वर दिएका छन्। फस्ट लुकमै आएको गीतले फिल्मको हाइप बढाउनमा मात्र मद्धत गरेन फिचरिङ भएका अभिनेता रमेश उप्रेतीको नयाँ लुक्स र डेब्यु अनुहार दीपिका प्रसाईंलाई पनि चिनाउन सघायो। मुस्ताङ, पोखरा लगायतका मनोरम दृश्यमा छायाँकन गरिएको यस गीतलाई सुदीप बरालले खिचेका हुन्। यसमा तेन्जु योन्जन र एन्जिला खत्रीको कोरियोग्राफी रहेको छ। गीतलाई युट्युबमा ३५ लाख बढीले हेरिसकेका छन्।

गीत पछि रिलिज गरिएको ट्रेलर पनि चर्चामा रह्यो। फिल्मका रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाईं, केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, तेन्जु योन्जन, अर्जुनजंग शाहीको अभिनय देख्न पाइन्छ। 

निर्देशक दिवाकर भट्टराईको लेखनमा तयार भएको फिल्म कार्तिक ९ गते रिलिज हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell