PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

यसरी मनाइयो गाई तिहार, फोटोमा हेर्नुस्

यसरी मनाइयो गाई तिहार, फोटोमा हेर्नुस्


काठमाडौं :  यमपञ्चकको तेस्रो दिन आज गाई पूजा गरिएको छ। भोलि गाई, गोरु तिहार भएपनि कतिपय ठाउँमा आजै मनाईएको छ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। 

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ। 

गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ।
 


ट्रेन्डिङ पोस्ट

Ncell