PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

मनोनयन दर्ता प्रक्रिया अघि बढ्ने वित्तिकै माओवादी मन्त्रीले राजिनामा दिने



पहिलोपोस्ट

मनोनयन दर्ता प्रक्रिया अघि बढ्ने वित्तिकै माओवादी मन्त्रीले राजिनामा दिने

काठमाडौँ :  बिना विभागीय मन्त्री  महेन्द्रबहादुर शाहीले निर्वाचनको सुनिश्चितता नभएका कारण आफूहरु अझैसम्म सरकारमा बसिरहेको बताएका छन्। 

रिपोर्टर्स क्लबको साक्षात्कारमा शाहीले निर्वाचनका लागि मनोनयन दर्ताको प्रक्रिया अगाडि बढ्ने वित्तिकै माओवादीले सरकार छाड्ने बताए।
उनले भने,‘प्रधानमन्त्रीले तपाईँहरुले प्रतिपक्षी दलसँग सहकार्य गर्नुभयो मन्त्री पद छोड्नुहोस् भनेर आफूहरुलाई भने माओवादी केन्द्र सरकार छाड्न तयार छ।’

वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले सरकारले कुनैपनि हालतमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गराइ छाड्ने बताए। 

मन्त्री विश्वकर्माले स्थानीय तहको निर्वाचनमा कांग्रेससँग सहकार्य गरेर फाइदा लिएको माओवादी केन्द्रले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेससँग सहकार्य गरेर फाइदा लिन गाह्रो देखेर एमालेसँग गठबन्धन गर्न लागेको आरोप लगाए। 

सहरी विकासमन्त्री दीलनाथ गिरीले निर्वाचनको सुनिश्चितताका लागि आफूहरु सरकारमा सहभागी भएको बताए। उनले मंसिरमा निर्वाचन हुनसक्दैन भनेर विपक्षी दलहरूले जनतामाझ अतिरञ्जित कुरा गरेको आरोप लगाए। 

राष्ट्रिय जनता पार्टीका नेता जीतेन्द्र सोनलले आगामी निर्वाचनमा संविधान संशोधनको मुद्दा बोकेका लोकतान्त्रिक दलसँग सहकार्य हुने बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell