राजविराज : वैदेशिक रोजगारीका लागि सप्तरीबाट कतार गएका एक नेपालीको दुर्घटनामा मृत्यु भएको छ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का २७ वर्षीय विमलेश मण्डलको दुर्घटनामा मृत्यु भएको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिए। मण्डल ६ महिना अगाडि रोजगारीको लागि कतार गएका थिए।
उनको मंगलबार राति सवारी साधनको ठक्करबाट मृत्यु भएको र गाडीको नम्बर खुल्न नसकेको बताइएको छ।
उनको शव नेपाल ल्याइदिन सम्बन्धित निकाय र नेपाल सरकारलाई परिवारले आग्रह गरेको छ।रासस