PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

उपप्रधानमन्त्री कमल थापाले भने–चुनाव रोक्ने षड्यन्त्र असफल बनाउन राप्रपा सरकारमा 



पहिलोपोस्ट

उपप्रधानमन्त्री कमल थापाले भने–चुनाव रोक्ने षड्यन्त्र असफल बनाउन राप्रपा सरकारमा 

काठमाडौँ :  उपप्रधान एवम् ऊर्जा मन्त्री कमल थापाले चुनावको सुनिश्चितताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा गएको बताएका छन्। 

ऊर्जा मन्त्रालयमा आज पदभार ग्रहण गर्दैै थापाले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बनेको सरकारमा पनि चुनावको सुनिश्चितताकै लागि राप्रपा गएको बताए। 

उपप्रधानमन्त्री थापाले भने,‘त्यसबेला पनि मधेसवादी दलले सरकार छोडेपछि अल्पमतमा परी चुनाव नहुने वातावरण बनेको थियो, हामी सरकारमा गएर चुनावको माहोल बनायौँ, अहिले पनि सरकारको साझेदार दल माओवादी प्रतिपक्षी गठबन्धनमा मिसिएपछि चुनाव रोक्ने षड्यन्त्र असफल बनाउन सरकारमा सहभागी भएका हौँ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान बमोजिम तोकिएकै समयमा चुनाव हुने प्रतिबद्धता आफूसँग पटक पटकको भेटमा जनाएको उल्लेख गर्दै थापाले प्रधानमन्त्री देउवाको जानकारीमा चुनाव नगराउने षड्यन्त्र भइरहेको सूचना आएपछि मात्रै आफू सरकारमा सहभागी भएको बताए।

चुनावसम्म अहिलेकै कार्ययोजना अघि बढाउने, नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा विद्युत् भार कटौती हुन नदिने, हाल सञ्चालित आयोजनालाई निरन्तरता दिनेलगायत योजनाका वारेमा जानकारी दिदैं उपप्रधानमन्त्री थापाले अन्य दलले जस्तोसुकै गठबन्धन गरेर सरकारमा गएपनि चर्चा नहुने तर राप्रपा सरकारमा जाने वित्तिकै विभिन्न खाले हल्ला चलाइने गरेको बताए। 

उनले वाम गठबन्धपछि प्रजातान्त्रिक शक्तिका बीचमा सहकार्य र एकता अनिवार्य बन्न गएको पनि बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell