PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पर्वतका महाशिला र बिहादी गाउँपालिकाका सवै वडामा इन्टरनेट



पहिलोपोस्ट

पर्वतका महाशिला र बिहादी गाउँपालिकाका सवै वडामा इन्टरनेट

पर्वत :  पर्वतका दुई गाउँपालिकाले हरेक वडामा इन्टरनेट सेवा विस्तार गरी प्रविधियुक्त बनाएका छन्। 

बिहादी र महाशिला गाउँपालिकाले वडावडामा पहिलो पटक इन्टरनेट सेवा विस्तार गरेका हुन्। गाउँ कार्यपालिकाले हरेक वडालाई प्रविधियुक्त बनाउन बजेट विनियोजन गरेको थियो। 

बिहादी गाउँपालिकाले छवटै वडामा कम्प्युटर, प्रिन्टर, फोटोकपीसहित इन्टरनेट जडान गरेको अध्यक्ष कमल भुसालले जानकारी दिए। उनले हरेक वडामा चार लाख ५० हजार बजेट विनियोजन गरी प्रविधियुक्त बनाइएको बताए।

वडामा इन्टरनेट जडान गरेपछि गाउँपालिकादेखि मन्त्रालयसम्मका चिठी, परिपत्र पाउन, बेवसाइडका सूचना वडाबाटै तत्काल पाउन सकिएको छ। 

यस्तै, महाशिला गाउँपालिकाले पनि इन्टरनेट विस्तार गरेर वडावडामा पुर्याएको छ। गाउँपालिकाले उपकरण खरिद गरी सबै वडामा इन्टरसेवा विस्तार गरेको अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए। छवटै वडामा प्रविधियुक्त वाइम्याक्ससहितको इन्टरनेट सेवा जडान गरिएको छ। 

महाशिलाले हरेक वडामा एक लाख ५० हजार खर्च गरी इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो। गाउँपालिकाले पत्राचार गर्ने सबै विषय इमेलमार्फत वडा कार्यालयमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ।

सबै वडा कार्यालयमा इन्टरनेट जडान गरेका यी दुई गाउँपालिकाले छिट्टै व्यक्तिगत घटना दर्ता अनलाइनमार्फत गर्ने तयारी गरेका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell