PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

डब्लुसिएल च्याम्पियनसिप : नेपाल र युएईबीचको खेल अबुधाबीमा हुने



पहिलोपोस्ट

डब्लुसिएल च्याम्पियनसिप : नेपाल र युएईबीचको खेल अबुधाबीमा हुने

काठमाडौं : न्यूट्रल भेन्यूमा हुने भनिएको नेपाल र युएईबीचको वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको सातौँ चरणको खेल युएईकै घरेलु मैदानमा हुने भएको छ।

आइसीसीले मङ्गलबार जारी गरेको खेल तालिकाअनुसार नेपाल र युएईबीचको सातौँ चरणको दुई खेल अबुधाबीस्थित शेख जायद स्टेडियममा हुनेछ।

नेपालले च्याम्पियनसिपको अन्तिम दुई खेल आगामी डिसेम्वर ६ र ८ मा खेल्दैछ। यसअघि नै नेपाल र युएई डिभिजन टू मा घटुवा भइसकेको छ। यस्तै नेदरल्याण्ड्स र पपुवान न्यूगिनी भने वान डे वर्ल्ड कप क्वालिफायरमा छनोट भइसकेको छ।
 

छैटौँ चरणको खेलमा हङकङसँग पहिलो खेलमा पराजित भएको नेपाल दोस्रो खेल रद्द भएपछि नेपाल ‌‍‍औपचारिक रुपमै डिभिजन टू मा घटुवा भएको हो।

यस्तै सातौँ चरणका अन्य खेलहरु पनि युएईमै डिसेम्वर ६ र ड मा हुनेछ। जसअन्तर्गत केन्या र स्कटल्याण्डको खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियम, हङकङ र पपुवा न्यूगिनीको खेल आइसीसी एकेडेमी-१ दुबई तथा नेदरल्याण्ड्स  र नामिवियाको खेल आइसीसी एकेडेमी-२ दुबईमा हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell