PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ठगी मुद्दाका फरार दुई अभियुक्त पक्राउ, फैसला कार्यान्वयनका लागि जेल चलान



पहिलोपोस्ट

ठगी मुद्दाका फरार दुई अभियुक्त पक्राउ, फैसला कार्यान्वयनका लागि जेल चलान

काठमाडौं :  ठगी मुद्दाका दुई फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरी फरार रहेका उनीहरुलाई सोमबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोटको बुङताङ घर भई काठमाडौं बस्ने भाग्यमान तामाङ र गोरखा घर भई काठमाडौंको टोखा बस्ने महेन्द्र गुरुङ छन्।

काठमाडौं जिल्ला अदालतले २०७३ कात्तिक २२ गते उनीहरुलाई जनही दुई वर्ष कैद र ८ लाख १७ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

भाग्यमान तामाङसहितका तीन जनाले वैदेशिक रोजगारीका लागि इजरायल, मकाउ र कोरियामा आकर्षक तलब सुबिधामा पठाउने भन्दै ३२ जनाबाट ४१ लाख रुपैयाँ लिएर फरार भएका थिए।उनीहरुलाई फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार सुनधारा पठाइएको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell