PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

हल र टिभीमा एकसाथ रिलिज हुने भयो 'रुद्रप्रिया', अरु फिल्मको हकमा के हुन्छ?



पहिलोपोस्ट

हल र टिभीमा एकसाथ रिलिज हुने भयो 'रुद्रप्रिया', अरु फिल्मको हकमा के हुन्छ?

काठमाडौं: चलचित्र संघ र निर्माता संघ बिचको विवाद टुङ्गोमा पुगेको छ। चलचित्र संघले नेपाली फिल्म हल र टिभीमा एकसाथ रिलिज गर्न नपाइने निर्णय गरेपछि विवाद चुलिएको थियो। विशेष गरी फिल्म 'रुद्रप्रिया' युनिट चलचित्र संघको निर्णय विपरित थियो।

किनकी फिल्म हल र डिजिटल टिभीमा एकसाथ प्रसारण हुने प्रचार गरिएको थियो। रेखा थापाले भनेकी थिइन्,'मैले निर्माण गरेको फिल्म मेरो सम्पत्ती हो। मैले जसरी चाहन्छु प्रयोग गर्न पाउँछु। मेरो फिल्म टिभी र हल रिलिज एकसाथ हुन्छ।'

फिल्म हल र टिभीमा एकसाथ रिलिज गर्नाले हल व्यवसायी मारमा पर्ने तर्क राखेका थिए चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदयले। अब भने दुई पक्ष बिच सहमती भएको छ। रेखा थापाको रुद्रप्रिया डिजिटल टिभीमा पनि हलमासँगै कार्तिक २ गते प्रसारण हुने भएको हो।

चलचित्र संघ र निर्माता संघ बिचको छलफलमा रुद्रप्रियाले गरेको प्रचार र टिभी रिलिजका लागि गरेको खर्चलाई मध्यनजर गर्दै रुद्रप्रियाको डिजिटल टिभी नरोक्ने भएको चलचित्र संघका महा सचिव अर्जुन श्रेष्ठले जानकारी दिए। 'रुद्रप्रिया युनिटलाई आर्थिक असर नपरोस् भनेर उक्त फिल्मको रिलिज नरोक्ने भएको हो। सबै फिल्मको हल र डिजिटल टिभी रिलिज एकैपटक हुन दिंदैनौं', उनले भने। श्रेष्ठका अनुसार अन्य फिल्मले डिजिटल टिभीलाई माध्यम बनाए हल रिलिजको दुई साता पछि मात्र टिभी रिलिज गर्न पाउने भएको हो। फिल्मले हलमा सो पाइराखे पनि वा हलबाट उत्रे पनि प्रदर्शनमा आएको दुई साता पछि भने दर्शकले सिमित पैसा तिरेर फिल्मो हेर्न पाउने भएका हुन्।

यसअघि धुम २, लिला र मेरो पैसा खोई? डिसहोममार्फत रिलिज भएका थिए। निर्माता रोज राणाले पहिलोपोस्टसँगको कुराकानीमा भनेका थिए,'डिजिटल टिभी रिलिजले हलको पहुँच नभएका नेपाली दर्शकलाई ध्यानमा राख्छ। निर्मातालाई पनि आर्थिक राहत मिल्छ। डिजिटल टिभीमा प्रसारण गर्न रोक लगाउनु तानाशाह प्रवृत्ती हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell