PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

उच्च अदालतका ९८ न्यायाधीशको सरुवा, बाबुराम रेग्मीको नेतृत्वमा विशेष अदालत, हेर्नुस् सूची

उच्च अदालतका ९८ न्यायाधीशको सरुवा, बाबुराम रेग्मीको नेतृत्वमा विशेष अदालत, हेर्नुस् सूची


काठमाडौँ : न्याय परिषद्को सोमबारको बैठकले उच्च अदालतका ९८ जना न्यायाधीशको सरुवा गरेको छ।

त्यसैगरी उच्च अदालत सुर्खेतका न्यायाधीश बाबुराम रेग्मीलाई विशेष अदालतको अध्यक्ष तोकिएको छ। विशेष अदालतका पाँच सदस्यहरुमा उच्च अदालत दिपायलका न्यायाधीश द्वारिकामान जोशी, उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालत दिपायलका न्यायाधीश चण्डीराज ढकाल, उच्च अदालत दिपायलकै न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य र उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश नारायणप्रसाद पोखरेललाई तोकिएको छ। 

त्यसैगरी राजस्व न्यायाधीकरण काठमाडौँमा तीलप्रसाद श्रेष्ठ, विराटनगरमा थीरबहादुर कार्की, पोखरामा पवनकुमार शर्मा र नेपालगञ्जमा प्रेमराज कार्की तोकिएका छन्। 

वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश सत्यराज गुरुङ तोकिएका छन्।

त्यसैगरी पाँच न्यायाधीशलाई काजमा खटाइएको छ। सुर्खेत उच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डे तुलसीपुरमा, जनकपुर उच्च अदालत राजविराज इजलासका शालिग्राम कोइराला विराटनगर उच्च अदालतको ओखलढुंगा इजलासमा काज सरुवा भएका छन्।

त्यसैगरी उच्च अदालत विराटनगरका न्यायाधीश सुभाष पौडेल धनकुटा इजलासमा, उच्च अदालत सुर्खेतका हरिप्रसाद पौडेल उच्च अदालत पोखराको बाग्लुङ इजलासमा तथा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका रामबहादुर थापा तुलसीपुर उच्च अदालतमा काज सरुवा भएका छन्।  

सरुवा भएका न्यायाधीशहरुको सूची-
 


ट्रेन्डिङ पोस्ट

Ncell