PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

तीन वर्षपछि डिभिजन-टू मै फर्कियो नेपाल, वान डे क्वालिफायर खेल्न शीर्ष दुईमा रहनुपर्ने



गोविन्दराज नेपाल

तीन वर्षपछि डिभिजन-टू मै फर्कियो नेपाल, वान डे क्वालिफायर खेल्न शीर्ष दुईमा रहनुपर्ने
फाइल फोटो

काठमाडौं : सन् २०१५ जनवरी। नामिविया। आइसीसी वर्ल्ड क्रिकेट लिग डब्लुसिएल डिभिजन-२।

नेपाल डिभिजन-टू जित्दै विश्व क्रिकेट लिग च्याम्पियनसिपमा छनोट हुने लक्ष्यसहित नामिविया पुगेको थियो। त्यसका लागि नेपालले दक्षिण अफ्रिकामा पनि तयारी गरेको थियो।

तर, नेपालको बाटो सजिलो थिएन। प्रतियोगितामा नेदरल्याण्ड्स, क्यानडा, केन्या, आयोजक नामिवियासँगै युगान्डा नेपालले खेल्नुपर्ने टिम थियो। यी टिमलाई पछि पारे मात्र नेपाल डिभिजन वान अर्थात् डब्लुसिएल च्याम्पियनसिपमा पुगेने थियो।

पहिलो खेलमै युगान्डासँग हारेपछि नेपालको लक्ष्यमा धक्का लागेको थियो। तर, नेपालले उत्कृष्ट पुनरागमन गर्दै नेदरल्याण्ड, क्यानाडा र नामिवियालाई हरायो र शीर्ष दुईको सम्भावना कायम राख्यो। शीर्ष दुईमा रहने टोली च्याम्पियनसिपका लागि छनोट हुन थियो।

निर्णायक खेलमा नेपाल केन्यासँग हार्न पुग्यो र रनरेटमा नेरल्याण्डसँग पछि पर्दै तेस्रो स्थानमा रह्यो। यसले नेपाललाई च्याम्पियनसिपमा खेल्न बाधक बन्यो। तैपनि तत्कालीन प्रशिक्षक पुबुदु दासानायाकेको अन्तर्राष्ट्रिय पहुँच र पहलका कारण तेस्रो स्थानको नेपाल र चौथो स्थानको केन्याले च्याम्पियनसिप खेल्ने हैसियत पायो। च्याम्पियनसिपमा रहेका अफगानिस्तान र आयरल्याण्ड भने च्याम्पियनसिप खेल्न नपर्ने भयो। अहिले यी दुई राष्ट्रले टेष्टको मान्यता पाइसके।

त्यसपछि नेपालले डब्लुसिएल च्याम्पियनसिपमा केन्यासँगै अन्य ६ टिमसँग लगातार दुई वर्ष चल्ने च्याम्पियनसिप खेल्ने मौका पाएको हो।

दुई वर्षे अवधिमा च्याम्पियनसिपमा ६ चरणका १२ खेल खेलिसकियो। तर शीर्ष चारमा पर्दै वान डे वर्ल्ड कप क्वालिफायर खेल्ने नेपालको सम्भावना सकियो। छैटौँ चरणअन्तर्गत हङकङविरुद्धको दोस्रो खेल वर्षाले रद्द भएपछि नेपालको शीर्ष चारमा पर्ने र वान डे मान्यता पाउने सम्भावना सकिएको छ। पहिलो खेलमा हङकङसँग नेपाल ८३ रनले हारेको थियो। १२ खेलपछि नेपालको ९ अंक मात्र छ र युएईविरुद्ध अन्तिम चरणको दुवै खेल जितेपछि नेपालको १३ अंक हुनेछ जुन शीर्ष चारमा पर्न पर्याप्त हुनेछैन।

एक चरण बाँकी रहदा च्याम्पियनसिपबाट नेदरल्याण्ड र पपुवा न्यूगिनी वान डे क्वालिफायरका लागि छनोट भइसकेको छ। नेपाल पुपुवा न्यूगिनीसँगको दुवै खेलमा पराजित भएको थियो भने नेदरल्याण्डसँगको सिरिज १-१ गर्दै अंक बाँडेको थियो।

३ वर्षपछि नेपाल डिभिजन टू खेल्न नामिविया नै जाने भएको छ। तर, त्यसको उद्देश्य फरक छ। २०१५ मा नेपाल डब्लुसिएल च्याम्पियनसिपमा छनोट हुने लक्ष्यका साथ नामिविया गएको थियो भने अब वान डे वर्ल्ड कप क्वालिफयारमा छनोट हुनका लागि जानेछ र टार्गेट शीर्ष दुई र उपाधि नै हुनेछ।

च्याम्पियनसिपबाट नामिविया र युएई यसअघि नै डिभिजन टू घटुवा भइसकेका छन्। अब त्यसमा नेपाल थपिएको छ। बाँकी एउटा टोली च्याम्पियनसिपबाट डिभिजन टू मा झर्नेछ।

अनि उता डिभिजन थ्री बाट शीर्ष दुई स्थानमा रहदै बढुवा भएका क्यानडा र ओमान पनि डिभिजन टूमा खेल्नेछन्।

अब डिभिजन टू मा कूल ६ टिमबीच प्रतिस्पर्धा हुनेछ र शीर्ष दुई टोलीले सन् २०१८ मार्चमा जिम्वावेमा हुने वान डे क्वालिफायर खेल्न पाउँछ।

नेपालले छनोटका लागि अर्को मौका मान्नपर्छ यसलाई। तर यो पनि उति सजिलो भने छैन। नेपालबाहेक ३ टिम च्याम्पियनसिपकै टिम छन्। च्याम्पियनसिपमा नामिवियालाई नेपालले दुवै खेलमा हारएको थियो भने युएईसँग खेल्न बाँकी नै छ। क्यानडा र ओमान पनि नेपालको लागि नौलो प्रतिद्वन्दी होइन। डिभिजन टू नामिवियामा २०१८ फ्रेब्रुअरीमा हुनेछ।

कुन-कुन टिम हुनेछन् डिभिजन टू मा?

डिभिजन टू मा अहले क्यानडा र ओमान छ। ओमान डिभिजन थ्री को च्याम्पियन तथा क्यानडा उपविजेता हो। यस्तै च्याम्पियनसिपमा पुछारमा रहेको दुई टोली नामिविया र युएई पनि टू मा झरिसकेका छन्। त्यसमा नेपाल पनि थपिएको छ। अब स्कटल्याण्ड, हङकङ र केन्यामध्ये एक टिम डिभिजन टू मा झर्नेछ।

अर्को वर्ष फेब्रुअरीमा नामिवियामा हुने प्रतियोगिताबाट शीर्ष दुई स्थानमा रहने टोली २०१८ मार्चमा हुने क्वालिफायरमा छनोट हुनेछ। जहाँ कूल १० राष्ट्रबीच मात्र दुई स्थानका लागि प्रतिस्पर्धा हुनेछ। जसमा आइसीसीको वान डे वरीयतामा रहेका ९ देखि १२औँ स्थानका चार राष्ट्र (वेष्ट इन्डिज अफगानिस्तान जिम्वावे र आयरल्याण्ड) च्याम्पियनसिपका शीर्ष चार टोली र डिभिजन टू का शीर्च दुई टोली हुनेछन्।

यसैगरी डिभिजन टू मा पाँचौँ र छैटौँ स्थानमा रहने दुई टोली भने डिभिजन थ्री मा घटुवा हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell