PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सिम्पानी कपको उपाधि लेकसाइड एफसीलाई



नरहरि पौड्याल

सिम्पानी कपको उपाधि लेकसाइड एफसीलाई

पोखरा :  लेकसाइड एफसीले सिम्पानी कपको उपाधि जितेको छ। सिम्पानीस्थित त्रि–शक्ति समाज सेवा क्लबको आयोजनामा भएको पाँचौ संस्करणको सेभेन ए साइड फुटबल प्रतियोगितामा हेम्जाको विष्णुपादुकालाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दैै लेकसाइड एफसीले उपाधि जितेको हो।

उसले उपाधिसँंगै दुईलाख नगद र ट्रफी पाएको छ भने उपविजेता विष्णुपादुकाले एक लाख नगदसहित ट्रफी हात पारेको हो।

विजेतालाई पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर एककी वडा अध्यक्ष शारदा पराजुलीले पुरस्कार प्रदान गरिन्।

लेकसाइडको जितमा अविनाश तामाङको ह्याट्रिकसहित सुनिल बिकले एक गोल गरेका थिए। प्रतियोगिता अवधिभर बढी गोल गर्न सफल अविनाश हाइस्कोरर बने। 

कुल ९ गोल गरेका उनले नगद १० हजार पाए। यस्तै, विष्णुपादुकाका प्रवीण थापा सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले नगद १० हजारसहित वेष्ट प्लेयरको ट्रफी पाए। चितवनको शरणपुर एफसीले फेयर प्लेको ट्रफी हात पारेको छ।

पहिलो सेमीफाइनलमा एलजी एशोसिएसनलाई हराउँदै फाइनलको स्थान पक्का गरेको लेकसाइड एफसीका लागि अविनाशले दुई र कालु थापामगरले एक गोल गरेका थिए।

दोस्रो सेमीफाइनलमा हेम्जाको विष्णुपादुकाले संगम फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ को जित निकाल्दै लेकसाइडसँगको फाइनल पक्का गरेको थियो। 

निर्धारित समयमा दुबै टोलीको समान एक–एक गोलको बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो। 

सेभेन ए साइड फुटबलमा हालसम्मकै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता भएको आयोजकले दाबी गरेको छ। 
प्रतियोगितामा २६ टिमले भाग लिएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell