PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची आज बुझाइँदै



पहिलोपोस्ट

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची आज बुझाइँदै

काठमाडौँ: आगमी मंसिर १० र २१ गतेका लागि तय भएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आज समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस हुँदैछ।

समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलहरुले आइतबार कार्यालय समय अवधिभर निर्वाचन आयोगमा बन्दसूची पेस गर्नुपर्नेछ।

प्रतिनिधि सभाको समानुपातिकतर्फ ११० र प्रदेश सभाको समानुपातिकतर्फ २२० सदस्यको नाम बन्दसूचीमा बुझाउनु पर्नेछ।  

बन्दसूची समावेशी हुनुपर्नेछ। महिला, दलित, जनजाति, खसआर्य, मधेशी, मुस्लिम, थारुलगायतको क्लष्टरमा विभाजित गरेर दलहरुले बन्दसूची आयोगमा पेस गर्नुपर्नेछ। आयोगमा बुझाइएको बन्दसूची परिमार्जनको समय पनि राजनीतिक दलहरुले पाउनेछन्। कूल संख्याको कम्तीमा दश प्रतिशत उम्मेदवार दलहरुले अनिवार्य रुपमा दिनुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell