PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रिमियर लिग : एक गोलको अग्रता जोगाउन नसक्दा आर्सनल पराजित



पहिलोपोस्ट

प्रिमियर लिग : एक गोलको अग्रता जोगाउन नसक्दा आर्सनल पराजित

अतिम १९ मिनेटमा उत्कृष्ट पुनरागमन गर्दै वाटफोर्डले दुई गोल गरेपछि आर्सनल प्रिमियर लिगमा पराजित भएको छ। एक गोलको अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा आर्सनल वाटफोर्डसंग २-१ ले पराजित भएको हो। वाटफोर्डका लागि इन्जुरी टाइममा टस क्लेभर्लीले निर्णायक गोल गरे।

खेलको १९औँ मिनेटमा कप्तान पर मर्टजाकाले गोल गर्दै आर्सनललाई पहिले अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० ले पछि परेको वाटफोर्डका लागि ७१औँ मिनेटमा ट्रोए डिनेले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए।

घरेलु टोलीका लागि इन्जुरी टाइमको दोस्रो मिनेटमा क्लेभर्लीले गोल गर्दै ३ अंक लाए।

सिजनको चौथो जितपछि ८ खेलबाट १५ अंक जोडेको वाटपोर्ड अंक तालिकामा चौथो स्थानमा उक्लेको छ। ८ खेलबाट चेल्सी, बर्नली र लिभरपुल समान १३ अंक रहेको आर्सनल गोल अन्तमा छैटौँ स्थानमा छ।

८ खेलबाट २२ अंक जोडेको म्यानचेष्ट सिटी पहिलो तथा २० अंक रहेको म्यान्चेष्टर युनाइटेड दोस्रो स्थानमा छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell