PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रिमियर लिग : स्टोक विरुद्ध सिटीको गोल वर्षा, चेल्सी क्रिस्टल प्यालेससंग पराजित



पहिलोपोस्ट

प्रिमियर लिग : स्टोक विरुद्ध सिटीको गोल वर्षा, चेल्सी क्रिस्टल प्यालेससंग पराजित

म्यानचेष्टर सिटीले स्टोक सिटी माथि गोलको वर्षा गर्दै केही घण्टापछि नै प्रिमियर लिगको शीर्ष स्थानमा फर्केको दिन साविक विजेता चेल्सी भने पराजित भएको छ।

सिटीले घरेलु मैदानमा स्टोकलाई ७-२ ले हरायो। सिटीको फरिकलो जितमा गाब्रिएल जेससले २ तथा रहिम स्टर्लिङ, डेभिड शिल्ला, फर्नान्डिन्हो, लरे साने र बर्नार्डो शिल्भाले एक एक गोल गरे।

स्टोका लागि बिराम डिउफले एक गोल गरे भने सिटीका केएल वाल्करले आत्मघाती गोल उपहार दिए।

जितपछि ८ खेलबाट २२ अंक जोडेको सिटी छिमेकी युनाइटेडलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा फर्केको हो। युनाइटेड लिभरपुलसंग बराबरी खेल्दै अंक बाडेको थियो।

यता साविक विजेताले यस सिजन तेस्रो हार बेहोर्ने क्रममा क्रिस्टल प्यालेससंग २-१ ले पराजित भयो।

सेजार एजप्लिकुएटाको आत्मघाती गोलबाट पछि परेका चेल्सीका लागि टिमोए बाकायोकोले बराबरी गोल फर्काएका थिए। तर विलफ्रड जाहाले गरेको गोल निर्णायक बनेपछि चेल्सी सिजनको तेस्रो हार बेहवर्न बाध्य भयव।

हारपछि ८ खेलबाट १३ अंक रहेको चेल्सी चौथो स्थानमा छ।

क्रिस्टिन एरिक्सनले वेम्वलीमा दोस्रो हाफमा गरेको एक मात्र गोलले टोटनहमले एएफसी बर्नमाउथलाई १-० ले पराजित गरेको छ। जितपछि ८ खेलबाट १७ अंक रहेको टोटनहम तेस्रो स्थानमा उक्लेको छ।

लिग अन्तर्गत अन्य खेलमा स्वान्सीले हडल्शफिल्ड टाउनलाई २-० ले हरायो भने बर्नले र वेष्टहमले १-१ गोलको बराबरी खेले।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell