PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

संसद परिसरमा फोटो खिचाउनेको भीड, आजै हुँदैछ अन्तिम भोज

संसद परिसरमा फोटो खिचाउनेको भीड, आजै हुँदैछ अन्तिम भोज

रमेश वाग्ले/पहिलोपोस्ट


काठमाडौँ :  संविधान घोषणा गरिसकेपछि संविधान सभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को समय आजदेखि सकिँदैछ। संसद्को अन्तिम बैठक बस्नुअघि सभामुख ओनसरी घर्तीसहित सांसदले सामूहिक फोटो खिचाउने कार्यक्रम रहेको छ।

फोटो खिचाउन सांसदहरु औपचारिक पोशाकमा सजिएर आएका छन्। सभामुख ओनसरी घर्तीसँग सेल्फी खिचाउन चाहने र सामूहिक फोटो खिचाउनेहरुको भीड लागेको छ।  

संसदको मूलगेटको पानीको फोहरा आज खोलिएको छ भने फोहरा अगाडि सामूहिक फोटो खिचाउनका लागि कुर्सी राखिएको छ। सांसद, पत्रकार, कर्मचारी र मर्यादापालकहरुले पनि आज सामूहिक फोटो खिचिरहेका छन्। 

संसदको बैठक अपराह्न ३ बजे सुरु हुने भनिए पनि प्रधानमन्त्री लगायतका प्रमुख नेताहरु साढे दुई बजेसम्म आइपुगेका थिएनन्। पूर्व प्रधानमन्त्री झलनाथ खनालले भने सामूहिक फोटो खिचाएका थिए। 

आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखले विदाई सम्बोधन गरेपछि सभामुख ओनसरी घर्तीले सदन समाप्त भएको औपचारिक घोषणा गर्ने छिन्। 

समापन समारोहका लागि आजै सभामुख घर्तीले संसद् परिसरमा रात्रिभोजको आयोजना गरेकी छन्। 

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि भोलि समानुपातिकतर्फको उम्मेदवारी दर्ता हुने निर्वाचन तालिका भएकाले त्यसको अघिल्लो दिन आज मध्यरातिदेखि नै संसद्को अवधि सकिन लागेको हो। 
 


ट्रेन्डिङ पोस्ट

Ncell