PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

डा. केसीको समर्थनमा निकालिएको खबरदारी र्‍याली, हेर्नुस् फोटोमा

डा. केसीको समर्थनमा निकालिएको खबरदारी र्‍याली, हेर्नुस् फोटोमा


काठमाडौं :  चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशनरत डा. गोविन्द केसीको समर्थनमा खबरदारी र्‍याली निकालिएको छ।

मध्यान्ह १२ बजे माइतीघर मण्डलाबाट निकालिएको र्‍याली बानेश्वर पुगेर टुंगिएको थियो। सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सले र्‍याली निकालेको हो।

माथेमा प्रतिवेदनको भावनाअनुरुप चिकित्सा शिक्षा ऐन सांसदबाट पास गर्नुपर्ने केसीको माग पूरा नगरी आज संसद अन्त्य हुँदैछ।

दबाव र्‍याली चिकित्सा शिक्षा ऐनको विरोध गर्ने सांसदहरु र भ्रष्टाचारको मुद्दामा केन्द्रीत भएको आयोजकले जनाएको छ। डा. केसी १३ औं पटक अामरण अनशन बसिरहेका छन्।

 


ट्रेन्डिङ पोस्ट

Ncell