PahiloPost

May 14, 2024 | १ जेठ २०८१

मुठ्ठी कस्दै प्रवेश गरेका बाबुराम बाहिरिए वाम गठबन्धनबाट



पहिलोपोस्ट

मुठ्ठी कस्दै प्रवेश गरेका बाबुराम बाहिरिए वाम गठबन्धनबाट

काठमाडौं  : नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले वाम गठबन्धनबाट बाहिरिएको घोगणा गरेका छन्। 

आज नयाँ शक्ति पार्टीको सचिवालय बैठक डाकेर भट्टराईले वाम गठबन्धनबाट बाहिरिएको र अब गोरखाबाटै आँखा चुनाव चिह्न लिएर लड्न लागेको जानकारी गराएका हुन्।

सूर्य चिह्न लिएर चुनाव लड्ने गरी मुठ्ठी कस्दै कम्युनिष्ट गठबन्धनमा प्रवेश गरेका भट्टराई दश दिनपछि त्यहाँबाट बाहिरिएका छन्।  

भट्टराईले कार्यकर्तालाई भने गठबन्धन तोडेको घोषणा पनि नगर्ने र गठबन्धनमा पनि नरहने बताए।  

‘अब म गोरखा दुईबाटै आँखा चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन्छु,’ भट्टराईले बैठकमा भने, ‘तपाइँहरु पनि आ-आफ्ना ठाउँमा यही चुनाव चिह्नमा चुनाव लड्का लागि प्रचार थाल्नुहोस।’ भट्टराईले गठबन्धन छोडेको भनेर बाहिर नबोल्न र प्रचार नगर्न कार्यकर्तालाई निर्देशन दिए।

‘अब हाम्रो जोसुकैसँग पनि परिस्थिति हेरेर स्थानीय तालमेल हुनसक्छ,’ भट्टराईले भने,‘तपाइँहरुले स्थानीयस्तरमा तालमेल हुनसक्ने र चुनाव जित्नसक्नेगरी पहल अघि बढाउनुहोस्। अन्यसँग नमिल्ने ठाउँमा एक्लै निर्वाचनमा जानुपर्छ।’

बाबुराम भट्टराईले २०७२ साल चैतमा कम्युनिष्ट पार्टी छोडेको घोषणासहित नयाँ शक्ति पार्टी गठन गरेका थिए।

उनले कम्युनिष्ट पार्टी तात्काठलिन आवश्यकता भएको भन्दै अब त्यसको कुनै औचित्य नभएकोसमेत बताएका थिए। 

तर गत १७ गते भएको एकतासभामा केपी ओलीले नमस्कार गरेका थिए भने प्रचण्डले हात हल्लाएका थिए। तर, भट्टराईले भने मुठ्ठी कसेर ‘लाल’ अभिवादन गरेका थिए।   
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell