PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर तह कार्यक्रम सञ्चालन गर्ने



पहिलोपोस्ट

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर तह कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर तह कार्यक्रम सञ्चालन गर्न सैद्धान्तिक सहमति लिएको छ। 

प्रतिष्ठानको आज सम्पन्न प्रथम सभाले नयाँ कार्यक्रम सञ्चालन गर्ने सहमतिका साथै आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्तावित योजना तथा कार्यक्रमसहितको वार्षिक बजेट पारित गरेको हो। 

बैठकमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने सरकारको नीतिअनुसार यसको स्थापना भएको बताए। 

उनले प्रतिष्ठानको उद्देश्यअनुसार जनतालाई सहज र प्रभावकारी स्वास्थ्य सेवाको पहुँच पुर्याउन, दक्ष जनशक्ति उत्पादन र अनुसन्धानमा उल्लेख्य भूमिका निर्वाह गर्न निर्देशन दिए। 

प्रधानमन्त्री देउवाले आगामी दिनमा थप नयाँ कार्यक्रम सञ्चालन गर्न र लागू भएका कार्यक्रमलाई पनि निरन्तरता दिन आग्रह गरे। 

मुलुक संघीयतामा गइसकेपछि हरेक प्रदेशमा सरकारीस्तरमा मेडिकल कलेज स्थापना गर्ने नीतिअनुरुप पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाई २०७२ माघ १२ गते ऐनअनुसार प्रतिष्ठानका रुपमा अघि बढाइएको हो। 

स्व मेजर वीरसिंह गुरुङले २०१३ सालमा केही दाताको सहयोगमा प्रथम र द्वितीय विश्वयुद्धमा ज्यान गुमाएका र हराएका नेपाली सिपाहीको सम्झनामा यस अस्पतालको स्थापना गरेका हुन्। 

विसं २०१९ मा सरकारलाई हस्तान्तरण भएको अस्पताल हाल ५०० श्यायासहित सञ्चालनमा भइरहेको पश्चिमाञ्चल क्षेत्रको सबैभन्दा ठूलो सरकारी अस्पताल हो। 

बैठकमा प्रतिष्ठानका सहकूलपति एवं स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले संविधानले मौलिक अधिकारका रुपमा व्यवस्था गरेको स्वास्थ्य सेवालाई गुणस्तरीय र सहज पहुँच योग्य बनाउन निर्देशन दिए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell