PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

हङकङसँग खेल्नुअघि नेपाललाई झड्का, शरद आउट नरेश इन



पहिलोपोस्ट

हङकङसँग खेल्नुअघि नेपाललाई झड्का, शरद आउट नरेश इन
फोटो : रमन शिवाकोटी

काठमाडौं : आइसीसी विश्व क्रिकेट लिगअन्तर्गत छैटौँ चरणको खेलमा नेपालले भोली शुक्रबार र आइतबार हङकङसँग उसैको मैदानमा खेल्दैछ।

हङकङसँग खेल्नु एक दिनअगाडि नेपाललाई झड्का लागेको छ। नेपालका मुख्य ब्याट्सम्यान शरद भेषावकर स्वास्थय समस्याका कारण हङकङसँग नखेल्ने भएको नेपालका टिम म्यानेजर रमन शिवाकोटीले जनाएका छन्।

उनलाई ज्वरो आएपछि ट्रेनिङमा समेत गएका थिएनन्। यस्तै शरद नखेल्ने भएपछि उनको स्थानमा रिजर्भ प्लेअर नरेश बुढाएरलाई टिममा राखिने भएको छ। नरेश बुढाएर भोली नै हङकङ पुग्ने र टिममा समावेश हुनेछन्।

शरदले तेस्रो क्रममा नेपालका लागि ब्याटिङ गर्दै आएका थिए। यता नरेशले भने नेपालको ओपनिङ सम्हालिसकेका छन्। शरदको स्थानमा नरेश राखिएपछि नेपालको आयाटिङ अर्डरमा समेत फेरबदल हुने सम्भावना रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell