PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

सरकारलाई निर्माण व्यवसायीको अल्टिमेटमः बुधबार साँझसम्म हत्यारा सार्वजनिक नगरे निर्माणका काम ठप्प पार्ने



पहिलोपोस्ट

सरकारलाई निर्माण व्यवसायीको अल्टिमेटमः बुधबार साँझसम्म हत्यारा सार्वजनिक नगरे निर्माणका काम ठप्प पार्ने

भक्तपुरः नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्।

भक्तपुरमा आयोजित साक्षात्कारमा महासचिव देउजाले बुधबार साँझसम्म सरकारले आफ्ना माग पूरा नगरेको अवस्थामा महासंघले देशभर आन्दोलन गर्ने र विकास निर्माणलगायत काम ठप्प पार्ने चेतावनी दिए। 

अध्यक्ष गौचनको हत्यासँगै महासंघका अन्य पदाधिकारीलाई पनि अज्ञात नम्बरबाट धम्कीपूर्ण शैलीमा पैसा माग्दै टेलिफोन आइरहेको भन्दै उनले महासंघका अन्य पदाधिकारीको सुरक्षा प्रबन्धसहित गौचनको हत्यामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरे। 

उनले भने,‘हत्यामा संलग्न पक्राउ नभएसम्म त्रिवि शिक्षण अस्पतालमा राखिएको गौचनको शव हामी बुझ्दैनौँ।’रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell