PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

स्पेन विश्वकपमा छनोट, इटलीले प्लेअफ खेल्नुपर्ने



पहिलोपोस्ट

स्पेन विश्वकपमा छनोट, इटलीले प्लेअफ खेल्नुपर्ने

स्पेन अर्को वर्ष रसियामा हुने विश्वकपका लागि छनोट भएको छ। विश्वकपको युरोपेली छनोटअन्तर्गत गएराती भएको समूह जी को खेलमा अल्वानियालाई ३-० ले पराजित गरेपछि स्पेनले एक खेल बाँकी छदै विश्वकपमा स्थान सुरक्षित गरेको हो।

स्पेनको जितमा रोड्रिगो, इस्को र थियागो अलकान्टारोले एक एक गोल गरे।

९ खेलमा २५ अंक जोडेको स्पेन दोस्रो स्थानको इटली भन्दा ५ अंकले अगाडी रहदै छनोट भएको हो। अब बाँकी रहेको खेल हारेपछि इटलीले स्पेनलाई उछिन्न सक्दैन।

यसै समूहमा रहेको चार पटकको विश्व विजेता इटलीले भने छनोटका लागि प्लेअफ खेल्नुपर्ने भएको छ। मेसोडोनियासाग १-१ गोलको बराबरीमा रोकिएपछि इटलीले प्लेअफ खेल्नुपर्ने भएको हो।

जर्जियो किलेइनीले गोल गर्दै इटलीलाई पहिलो हाफमा अग्रता दिलाएपनि दोस्रो हाफमा मेसोडोनियाका लागि अलेक्जानडर ट्राजकोभ्स्की बराबरी गोल फर्काउँदै इटलीसंग अंक खोसेको हो।

यता समूह डी बाट विश्वकपमा सिधै छनोटका लागि ३ टोलीको दाबेदारी रहेको छ। शीर्ष स्थानको सर्विया पराजित हुनु तथा वेल्स र आयरल्याण्डको जितपछि समूह डी को समिकरण रोचक बनेको हो।

पहिलो र तेस्रो स्थानमा रहेको टोलीबीच २ अंकको मात्र फरक छ।

सर्विया अष्ट्रियासँग ३-२ ले पराजित हुनुका बावजुत पनि ९ खेलबाट १८ अंकका साथ शीर्ष स्थानमा छ। यस्तै जर्जियालाई १-० ले पराजित गरेको वेल्स १७ अंक जोड्दै दोस्रो स्थानमा छ। यसैगरी माल्डोभालाई २-० ले पराजित गरेको  आयरल्याण्ड १६ अंकका साथ तेस्रो स्थानमा छ।

अब हुने सर्विया र जर्जिया तथा वेल्स र आयरल्याण्ड बीचको खेलले समूह विजेताको टुङ्गो लाग्नेछ।

यता समूह आई मा टर्कीलाई ३-० ले पराजित गरेको आइसल्याण्ड सिधै छनोट हुने होडमा अगाडी छ।  अन्य खेलमा क्रोएसिया फिनल्याण्डसँग १-१ गोलको बराबरीमा रोकिएपछि आइसल्याण्डलाई थप फाइदा पुगेको हो। यता युक्रेनले भने कोसोभोलाई २-० ले हरायो।

९ खेलबाट १९ अंक जोडेको आइसल्याण्ड क्रोएसिया र युक्रेनभन्दा मान २ अंकले अगाडी छ र समूह विजेता बन्नका लागि २ अंक आवश्यक छ। आइसल्याण्डले अन्तिम खेलमा कोसोभोसंग खेल्नेछ भने क्रोएसिया र युक्रेन भिड्नेछन्। क्रोएसिया र युक्रेनले बराबरी खेलेको खण्मा आइसल्याण्डले जस्तो नतिजा आएपछि विश्वकपमा स्थान बनाउनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell