PahiloPost

May 15, 2024 | २ जेठ २०८१

एसियन कप छनोट : अवे म्याच खेल्न नेपाल ताजकिस्तान प्रस्थान



पहिलोपोस्ट

एसियन कप छनोट : अवे म्याच खेल्न नेपाल ताजकिस्तान प्रस्थान
फोटो : एन्फा

काठमाडौं : सन् २०१९ को एसियन कप छनोटका लागि ताजकिस्तान विरुद्धको ‘अवे म्याच’ नेपालको लागि एकदमै महत्वपूर्ण रहेको छ। यही खेलले नै नेपालको छनोट यात्रा निर्धारण गर्नेछ।

ताजिकस्तान विरुद्धको अवे म्याच खेल्नका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ। नेपाल र ताजकिस्तानबीच यही असोज २४ गते हिसोरस्थित हिसोर सेन्ट्रल स्टेडियममा प्रतिस्पर्धा हुनेछ।

समूह डी को छनोट अन्तर्गत घरेलु मैदानमा भएको खेलमा नेपाल ताजिकस्तानसंग २-१ ले पराजित भएको थियो। होम ग्राउण्डको हारले नेपाल समूहमा १ अंकका साथ पूछारमा छ।

अब ३ खेल मात्र बाँकी रहेको अवस्थामा नेपालको लागि यो खेलले धेरै अर्थ राख्नेछ।

शुक्रबारै अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टोलीलाई बिदाई गरेको हो। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट, एन्फा अध्यक्ष नरेन्द्र लाल श्रेष्ठ लगायतले नेपाली टोलीलाई बिदाई गरेका हुन्।

समूह एफमा यसअ३ भएका खेलमा नेपालले दुई खेल हारिसकेको छ भने एक खेल बराबरी गर्दै एक अंक जोडेको हो।

नेपाल पहिलो अवे खेलमा फिलिपिन्ससंग पराजित भएको थियो भने घरेलु मैदानमा यमनसंग बराबरी खेलेको थियो। यस्तै घरेलु मैदानमै ताजकिस्तानसँग नेपाल पराजित भयो।

फिलिपिन्स ३ खेलबाट ७ अंकका साथ शीर्ष स्थानमा छ भने ५ अंक जोडेको यमन दोस्रो तथा ३ अंकका साथ ताजकिस्तान तेस्रो स्थानमा छ।

समूहमा शीर्ष दुई स्थानमा रहने टिम मात्र युएईमा हुने एसियन कपमा छनोट हुनेछ।

 

नेपाली टोली

गोलकिपर : किरण कुमार लिम्बु, विकेश कुथु, एलन न्यौपाने

डिफेन्डर : कमल श्रेष्ठ, आदित्य चौधरी, अनन्त तामाङ, देवेन्द्र तामाङ, विराज महर्जन, जितेन्द्र कार्की, राजेन्द्र रावल, दिनेश राजवंशी

मिडफिल्डर : सुनिल बल, हेमन गुरुङ, रोहित चन्द, विक्रम लामा, विशाल राई, हेमन्त थापामगर, सुजल श्रेष्ठ

फरवार्ड : विमल घर्ती मगर, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास, अन्जन विष्ट

म्यानेजर : विराज कृष्ण

मुख्य प्रशिक्षक : योतुकु कोजी

प्रशिक्षक : राजुकाजी शाक्य

गोलकिपर प्रशिक्षक : उज्वल मानन्धर

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell