PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

हिउँ झर्न नरोकिएपछि लाङटाङमा उद्धार रोकियो



हिउँ झर्न नरोकिएपछि लाङटाङमा उद्धार रोकियो

धुन्चे(रसुवा) : लाङटाङ गाविसमा थप हिमपहिरा आएकाले यही वैशाख १२ गतेदेखि त्यहाँ सञ्चालित उद्धारका काम रोकिएको छ।
 
नेपाली सेनाको खोज उद्धार टोलीले नौ विदेशीसहित ९० जनाको शव उत्खनन गरिसकेका अवस्थामा लाङटाङ हिमालमा हिमपहिरो गएकाले उद्धारको काम रोकिएको जिल्ला दैवीप्रकोप विपद् व्यवस्थापन समितिका सदस्यसचिव स्थाविअ गजेन्द्रकुमार ठाकुरले बताए। लाङटाङ पुगेका नेपाली सेनाका प्रमुख सेनानी अनुपजङ्ग थापाका अनुसार हिउँको पहिरो ठूलो परिमाणमा झरिरहेकाले हराइरहेको मानिसको खोज्ने काम रोकिएको हो।
 
पहिरो क्षेत्रमा १६० घर पुरिएको तथा करिब १८३ बासिन्दा, २० मजदुर,  ८० पर्यटक र ४० पथप्रदर्शक हराएको अनुमान गरिएको स्थानीय बासिन्दा  ङेरुप तामाङले बताए।नेपाली सेनाका १० सैनिक पनि सोही क्षेत्रमा हराइरहेको जनाइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell