PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बरुण धवनको जुडुवा २ को बक्स अफिस धमाल



पहिलोपोस्ट

बरुण धवनको जुडुवा २ को बक्स अफिस धमाल

बक्स अफिसमा लामो समय ठूला फिल्महरु फ्लप भइरहँदा बरुण धवन, ज्याकलिन फर्नान्डिज र तापसी पान्नुको फिल्म जुडुवा २ ले भब्य सफलता हासिल गरेको छ।

सलमान खान र शाहरुख खानका फिल्महरु फ्लप भइरहेको अवस्थामा सलमान खानकै सन् १९९० को दशकमा सुपरहिट बनेको फिल्मको सिक्वेल सफल भएको हो। आइतबार फिल्मले २२ करोड कमाउँदा तीन दिनमा फिल्मले कूल ५८ करोड २५ लाख बटुलेको छ। बलिउडका ट्रेड विश्लेषकहरुले बरुण धवनको खुट्टामा सलमान खानको जुत्ता फिट भएको भन्दै व्याख्या गरेका छन्। 

सन् ९० को दशकमा राजा र प्रेम आइकनिक पात्र थिए। ती दुवै पात्रको फिल्मले फेरि उत्खनन गरेको छ। बरुणका बाबु डेभिड धवनले सलमान खानलाई लिएर जुडुवा बनाएका थिए जसमा करिष्मा कपुर र रम्भाले उनलाई साथ दिएका थिए। नयाँ फिल्मले पनि पर्याप्त चर्चा पाएको छ र मिडियामा स्थान पनि।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell