PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

डाक्टर काममा फर्कने : पूरा भयो माग, अब डाक्टरलाई हातपात गरे बिना धरौटी जेल



सागर बुढाथोकी

डाक्टर काममा फर्कने : पूरा भयो माग, अब डाक्टरलाई हातपात गरे बिना धरौटी जेल

काठमाडौँ : माग पूरा गर्ने सहमति भएपछि चिकित्सक संघले ८ दिनदेखि गरेको अस्पताल बन्दको कार्यक्रम फिर्ता लिएको छ। 

सरकार र नेपाल चिकित्सक संघबीच आज भएको वार्तामा ‘जेल विद्आउट बेल’को प्रकिया अगाडि बढाउने सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको संघका महासचिव लोचन कार्कीले बताए। 

उनले भने, ‘हाम्रो माग अनुसार सहमति भएपछि आन्दोलन फिर्ता लिएका हौँ। अब हामी काममा फर्कन्छौँ।’

प्रधानमन्त्री शेरबहादुर देउवासँगै सरकारी पक्ष बीच बालुवाटारमा भएको बैठकमा सहमति भएको हो। सहमति पत्रमा सरकारको तर्फबाट स्वास्थ्य सचिव डा. किरण रेग्मी र संघको तर्फबाट अध्यक्ष मुक्तिराम श्रेष्ठले हस्ताक्षर गरेको कार्कीले बताएका छन्।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धित ऐन २०६६ र नियमावली २०६९ संशोधन गरेर जेल विदआउट बेलको चिकित्सकहरुको माग पूरा गर्ने सहमति भएको हो। यो माग पूरा भएसँगै चिकित्सकहरुलाई हातपात तथा दुर्व्यवहार गर्नेहरुलाई बिना धरौटी जेल हाल्ने कानुन बन्नेछ।

यस्तो भयो सहमति-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell