PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

तीन वर्षकी तृष्णा शाक्य बनिन् काठमाडौँकी नयाँ जीवित देवी कुमारी



तीन वर्षकी तृष्णा शाक्य बनिन् काठमाडौँकी नयाँ जीवित देवी कुमारी
मनिता शाक्यको फाइल फोटो। उनी अब पूर्व कुमारी कहलिने छिन्।

काठमाडौँ : जीवित देवीका रुपमा पुजिने नयाँ कुमारी मंगलबार चुनिएकी छिन्।  असन घर भएका विजयरत्न शाक्य र श्रृजना शाक्यकी तीन वर्षकी छोरी तृष्णा शाक्यलाई नयाँ कुमारी हिजो घोषणा गरिएको हो। 

१२ वर्ष उमेर पुगेसँगै मनिता शाक्यलाई कुमारीको पदबाट अवकाश दिइएको हो। १२ वर्ष उमेर पुगेपछि कुमारी परिवर्तन गर्नुपर्ने परम्परा छ। 

विभिन्न परम्परागत परीक्षा सकाएर तृष्णालाई नयाँ कुमारी छानिएको हो। मंगलबार नयाँ कुमारीको परिचय राष्ट्रपति विद्यादेवी भण्डारीलाई गराइएको थियो। 

नयाँ कुमारीलाई उनको निवासदेखि वसन्तपुरस्थित कुमारी घरसम्म राजकीय सम्मानका साथ भित्र्याउने र निवर्तमान कुमारीलाई कुमारी घरदेखि उनको निवाससम्म उस्तै सम्मानका साथ विदाइ गर्ने प्रचलन छ। 

बिहीबार महाअष्टमिका दिन तलेजु भवानीको मन्दिरमा बज्रयानी र तन्त्र परम्पराअनुसार पूजा गरी नयाँ कुमारीलाई विधिवत स्थापित गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell