PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

उपत्यकाभित्र घरजग्गाको कारोबार घट्योः मालपोत कार्यालयमा सेवाग्राहीको भीड घट्यो



अमर बडुवाल

उपत्यकाभित्र घरजग्गाको कारोबार घट्योः मालपोत कार्यालयमा सेवाग्राहीको भीड घट्यो

काठमाडौः उपत्यकाभित्र घरजग्गा कारोबारमा गिरावट आएको छ। भदौ महिनामा उपत्यकाका विभिन्न मालपोत कार्यालयको तथ्यांक अनुसार कारोबारमा गिरावट आएको हो।

घरजग्गा व्यवसायीका अनुसार उपत्यकामा जग्गाको कारोबारमा घटेको छ। स्थानीय तहको निर्वाचनपछि उपत्यकाको जग्गाको कारोबारमा कमी आएको हो। बाढीका कारण पनि भदौंमा घरजग्गा कारोबार घटेको हो। उपत्यका बाहिरका वासिन्दाले उपत्यकामा घरजग्गा किन्ने गर्छन्।भदौ महिनामा ललितपुर मालपोत कार्यालयले १६ करोड ४ लाख रुपैयाँ, डिल्लीबजार मालपोत कार्यालयले ८ करोड ६५ लाख रुपैयाँ, कलंकी मालपोत कार्यालयले ११ करोड ४२ लाख रुपैयाँ, भक्तपुर मालपोत कार्यालयले ८ करोड ५१ लाख रुपैयाँ र चावहिल मालपोत कार्यालयलले १० करोड ५ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेका छन्।

साँखु मालपोत कार्यालयले तीन करोड ७३ लाख रुपैयाँ, मनमैजु मालपोत कार्यालयले तीन करोड ६३ लाख रुपैयाँ, र टोखा मालपोत कार्यालयले एक करोड ९१ लाख रुपैयाँ संकलन गरेका थिए।साउन महिनामा ललितपुर मालपोत कार्यालयले १८ करोड ३४ लाख रुपैयाँ, डिल्लीबजार मालपोत कार्यालयले १३ करोड २४ लाख रुपैयाँ, कलंकी मालपोत कार्यालयले ८ करोड १५ लाख रुपैयाँ, भक्तपुर मालपोत कार्यालयले ८ करोड ९५ लाख र चावहिल मालपोत कार्यालयले ८ करोड ५० लाख रुपैयाँ संकलन गरेका थिए।

 साँखु मालपोत कार्यालयले तीन करोड ९७ लाख रुपैयाँ, मनमैजु मालपोत कार्यालयले तीन करोड ५७ लाख रुपैयाँ  र टोखा मालपोत कार्यालयले दुई करोड २५ लाख रुपैयाँ राजश्व संकलन गरेका छन्।भदौं महिनामा घरजग्गामा राखेको लक्ष्य भन्दा १ सय ३५ प्रतिशतले राजस्व संकलन भएको छ।उपत्यका बाहिर भने घरजग्गाको कारोबार घटेको छैन।सरकारले ९२ करोड राजस्व उठाउने लक्ष्य राखेकोमा एक अर्ब २४ करोड ९२ लाख रुपैयाँ संकलन भएको छ।

साउनमा एक अर्ब १० करोड रुपैयाँ राजस्वको लक्ष्य राखिएकोमा एक अर्ब ४२ करोड रुपैयाँ संकलन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell