PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

‘जेल विथआउट बेल’को अडानबाट चिकित्सक संघ पछि नहट्ने, स्वास्थ्य मन्त्रालय घेराउ



पहिलोपोस्ट

‘जेल विथआउट बेल’को अडानबाट चिकित्सक संघ पछि नहट्ने, स्वास्थ्य मन्त्रालय घेराउ

काठमाडौं :  नेपाल चिकित्सक संघको स्वास्थ्य मन्त्रालयसँग भएको वार्ता विना निस्कर्ष टुंगिएपछि दबाब स्वरुप स्वास्थ्य मन्त्रालय घेराउ गरिएको छ। वार्ता बिना निस्कर्ष टुङ्गिएपछि चिकित्सकहरुले स्वास्थ्य मन्त्रालय घेराउ गरेका हुन्। उनीहरु एप्रोन र हातमा कालोपट्टीसहित सोमबार प्रदर्शनमा उत्रिएका हुन्।



स्वास्थ्य मन्त्रालय घेराउ गर्न सरकारी तथा निजी अस्पतालका दुई सय भन्दा बढी चिकित्सक पुगेका थिए। उपत्यका बाहिरका स्वास्थ्यकर्मीहरुले भने सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालय घेराउ गरेका संघका महासचिव लोचन कार्कीले जानकारी दिए।



स्वास्थ्य मन्त्रालय घेराउ गर्न पुगेका कार्कीले चिकित्सकहरुले आन्दोलन बिरामी मार्न पाउनु पर्ने नभएको स्पष्ट पारे।

उनले भने, ‘हामो माग जेल विथआउट बेल हो। यो माग पूरा नहुन्जेलसम्म हामी आन्दोलन फिर्ता लिन्नौँ। हामीले सुरक्षितसँग काम गर्न पाउनुपर्छ।’


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell