PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मानव अधिकार आयोगले भन्यो, ‘अस्पताल बन्द गर्नु अमानवीय कार्य’



पहिलोपोस्ट

मानव अधिकार आयोगले भन्यो, ‘अस्पताल बन्द गर्नु अमानवीय कार्य’

काठमाडौं : नेपाल चिकित्सक संघले गरेको अस्पताल बन्दले उपचार पाउनु पर्ने मानव अधिकारमा गम्भीर असर परेको राष्ट्रिय मानव अधिकार आयोगले बताएको छ।


अयोगकी प्रवक्ता मोहना अन्सारीले जारी गरेको विज्ञप्तिमा अस्पताल बन्द गर्नु, ‘आवश्यक सेवा सञ्चालन ऐन, २०१४’को दफा ३ बमोजिम हड्ताल गर्न नपाउने नियम विरुद्ध साथै ‘नेपालको संविधान’को धारा ३५ मा रहेको स्वास्थ्य सम्बन्धी हक, धारा ४४ मा रहेको स्वास्थ्यको अधिकार, मानव जीवन र मानव स्वास्थ्यसँग सम्बन्धित अन्य प्रचलित नेपालका कानूनसमेतको उल्लङ्घन बारेमा सचेत गराएका छन्।


यस्ता अमानवीय कार्यबाट आमनागरिकको स्वास्थ्यसम्बन्धी आधारभूत अधिकार कुण्ठित हुन पुगेको छ। विज्ञप्तिमा भनिएको छ, ‘अत्यावश्यक सेवा बन्द हुँदा लाखौँ मानिसको जीवन जोखिममा पर्नेतर्फ सचेत हुँदै पेशागत मर्यादा कायम राखी काम गर्न चिकित्सकलाई आग्रह गरिएकाे छ।

नेपाल सरकार र नेपाल चिकित्सक संघलाई आयोगले स्वास्थ्य क्षेत्रमा देखिएको अस्पष्टतालाई वार्ताबाट समाधान गर्न आग्रह गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell