PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

उद्योगमन्त्रीको स्पष्टीकरणः औद्योगिक नीतिको अभावमा सरकारी उद्योग रुग्ण



पहिलोपोस्ट

उद्योगमन्त्रीको स्पष्टीकरणः औद्योगिक नीतिको अभावमा सरकारी उद्योग रुग्ण

धनकुटा : उद्योगमन्त्री सुनिलबहादुर थापाले नेपालमा राष्ट्रिय औद्योगिक नीति स्पष्ट नभएका कारण सरकारी उद्योग रुग्ण बन्दै गएको बताएका छन्। 

धनकुटामा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले सरकार स्पष्ट औद्योगिक नीति ल्याएर रुग्ण उद्योग सञ्चालन गर्ने गृहकार्यमा जुटेको बताए।

मन्त्री थापाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने औद्योगिक नीति सरकारले ल्याउँछ भन्दै स्थानीय कच्चा पदार्थमा आधारित लघु उद्योग स्थापना र त्यसबाट उत्पादित सामग्रीको बजार व्यवस्थापन गर्ने नीति सरकारले ल्याइने बताए। 

सरकारले मात्र सञ्चालन गर्न नसकेका उद्योगमा लगानीकर्ता नागरिकको ५० प्रतिशत लगानीमा सहभागिता गराएर पनि उद्योग सञ्चालनमा ल्याइने बताउँदै उनले अनुमति लिन आएका ४७ उद्योगलाई सरकारले अनुमति दिने तयारी गरेको पनि जानकारी दिए। 

मन्त्री थापाले कमल थापाको एकलौटी पार्टी सञ्चालन गर्ने तरिका, पार्टी एकीकरणमा भएका भद्र सहमतिको कार्यान्वयनसमेतको बेवास्ता गरेका कारण आफूहरुले राप्रपा (प्रजातान्त्रिक) खोल्नुपरेको स्पष्ट पारे।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell