PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दुई पूर्वसांसदलाई पराजित गर्दै मन्टु बने पोखरीया नगरपालिकाको मेयर



राधेश्याम पटेल

दुई पूर्वसांसदलाई पराजित गर्दै मन्टु बने पोखरीया नगरपालिकाको मेयर

वीरगंजः पर्साको पोखरीया नगरपालिकाको मेयरमा दीपनारायण रौनियार(मन्टु) विजयी भएका छन्।

रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीबाट उनी मेयर बनेका हुन्। उनी ३०२६ मत प्राप्त गरी मेयरमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका प्रद्युमन चौहानले २७६७ मत प्राप्त गरेका छन्।

उपमेयरमा फोरमकी सल्मा खातुन विजयी भएकी छन्। उनी २७०१ मत प्राप्त गरी विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी नेपाल संघीय समाजवादी पार्टीकी विणादेवी बैठाले २४९६ मत ल्याएकी छन्।

रिजवान अन्सारीका विश्वास पात्र राजकुमार यादवको निजी सचिवको रुपमा राजनीतिको जोडघटाउ सिकेका मन्टु पछिल्लो बाढीको समयमा  पोखरीयाका बाढीपीडितको उद्धार र राहतमा पनि निकै खटेका थिए।

अन्य दल राहत संकलन गर्न तयार नभएको अवस्थामा उनी राहत घरघर बाँड्दै थिए।मोटरसाइकमा गाउँगाउ घुम्ने युवा नेता मन्टु बालबालिका ,महिला र वृद्धवृद्धामा पनि त्यतिकै लोकप्रिय छन्। 

चौहान यसअघि एमालेबाट पर्सा क्षेत्र नं ४का सभासद भएका थिए। त्यस्तै मेयरमा पराजित अर्का उम्मेदवार रामेश्वर रौनियार नेपाली कांग्रेसका पूर्वसभासद् हुन्।

त्यसैगरी, उपमेयरमा विजयी खातुनले पत्रकारिता छाडेर उपमेयरमा फोरम नेपालबाट उम्मेदवारी दिएकी थिइन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell