PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जलेश्वरमा राजपा र बर्दिवासमा माओवादी केन्द्र विजयी



पहिलोपोस्ट

जलेश्वरमा राजपा र बर्दिवासमा माओवादी केन्द्र विजयी

गौशालाः महोत्तरीको जलेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा राष्ट्रिय जनता पार्टी नेपाल विजयी भएको छ। 

प्रमुखमा रामशङ्कर मिश्र पाँच हजार १८० मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेपाल लोकतान्त्रिक फोरमका सुरेश साह सोनारले तीन हजार ३६१ मत प्राप्त गरेका छन्।

त्यस्तै, उपप्रमुखमा राजपाकै मुनचुनदेवी महतो चार हजार ५६६ मत प्राप्त गरी विजयी भएकी छन् भने निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी अनितादेवी शर्माले दुई हजार ७१६ मत प्राप्त गरेकी छन्। 

बर्दिवास नगरपालिकामा माओवादी केन्द्र विजयी 

बर्दिवास नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। 

प्रमुखमा विदुरकुमार कार्की नौ हजार १८७ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रल्हाद क्षेत्रीले आठ हजार १७९ मत प्राप्त गरेका निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिए। 

त्यस्तै, उपप्रमुखमा माओवादी केन्द्रकै कृष्णकुमारी गौतम आठ हजार ८३५ मत प्राप्त गरी विजयी भएकी छन् भने निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकै तारादेवी महतोले सात हजार २३ मत प्राप्त गरेकी छन्।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell