PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चीनको झिआङ्सी प्रान्तको पटाका कारखानामा विष्फोट, सातको मृत्यु



पहिलोपोस्ट

चीनको झिआङ्सी प्रान्तको पटाका कारखानामा विष्फोट, सातको मृत्यु

चीनः  पूर्वी चीनको झिआङ्सी प्रान्तको साङ्गली उपनगरमा रहेको पटाका कारखानामा शुक्रबार साँझ विष्फोट हुँदा सात जनाको मृत्यु भएको छ। 

घटनापछि जिल्लाका सुरक्षा प्रशासन अधिकारीले दिएको जानकारीअनुसार कारखानालाई उत्पादन स्थगित गर्न निर्देशन दिइएको छ। 

कारखानाको उत्पादन प्रक्रियामा त्रुटीहरु भेटिएकाले सुरक्षा दृष्टिले उत्पादन स्थगित गर्न यसअघि नै आदेश दिइए पनि कारखानाले आफ्नो उत्पादन प्रक्रिया रोकेको थिएन। 

कारखानामा के कसरी विष्फोटको घटना भयो भन्नेबारे अनुसन्धान भईरहेको जनाइएको छ। रासस/सिन्ह्वा  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell