PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एक सय स्थानीय तहको मतपरिणाम सार्वजनिक, ३२ स्थानीय तहमा कांग्रेस विजयी



पहिलोपोस्ट

एक सय स्थानीय तहको मतपरिणाम सार्वजनिक, ३२ स्थानीय तहमा कांग्रेस विजयी

काठमाडौंः असोज दुईमा दुई नम्बर प्रदेशमा सम्पन्न निर्वाचनमा आठ जिल्लाका १३६ स्थानीय तहमध्ये एक सय स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन संचालन केन्द्र(जेइओसी)बाट आज विहान ११ बजेसम्म प्राप्त विवरण अनुसार प्रमुख एवं अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ३२ स्थानीय तहमा, नेकपा माओवादी केन्द्रका १८ स्थानीय तहमा, नेकपा एमालेका ११ स्थानीय तहमा, राष्ट्रिय जनता पार्टीका १५ स्थानीय तहमा, संघीय समाजवादी फोरम नेपालका १९ स्थानीय तहमा, नेपाल लोकतान्त्रिक फोरमका तीन स्थानीय तहमा, नयाँ शक्ति पार्टी नेपाल एक स्थानीय तहमा र नेपाली जनता दलका उम्मेदवार एक स्थानीय तहमा विजयी भएका छन्।

यसैगरी अहिलेसम्म १००९ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ।

मतगणना बाँकी रहेका ३६ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति मतगणना सुरु गर्ने प्रयास भइरहेको र अन्य सवै स्थानमा मतगणा शान्तिपूर्णरुपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell