PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

माधव नेपालकै जिल्लामा अहिलेसम्म एमाले शून्य, १८ मध्ये १६ स्थानको नतिजा आयो 



पहिलोपोस्ट

माधव नेपालकै जिल्लामा अहिलेसम्म एमाले शून्य, १८ मध्ये १६ स्थानको नतिजा आयो 

काठमाडौं : एमाले वरिष्ठ नेता माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा एमालेले अहिलेसम्म जित हासिल गर्न सकेको छैन। १८ स्थानीय तहमध्ये १६ स्थानको नतिजा आइसकेको छ। तर, एमालेले खाता खोल्न सकेको छैन। 

अब गरुडा र कटरिया नगरपालिकाको नतिजा आउन बाँकी छ। दुवैमा एमाले पछाडि नै छ।

माधव नेपाल मतदाता रहेको गौर राजपाले जितिसक्याे। नगरमात्र हैन एमालेले नेपालको वडा गौर २ समेत जोगाउन सकेन। 

रौतहटका ७ स्थानमा कांग्रेस विजयी भएको छ। माओवादी केन्द्र र संघीय समावजादी फोरम तीन-तीन स्थानमा विजयी भएका छन्।  

अहिलेसम्मको नतिजा
परोहा नगरपालिका –कांग्रेस
गढीमाई नगरपालिका –नेपाली कांग्रेस
चन्द्रपुर नगरपालिका –नेपाली कांग्रेस
बृन्दावन नगरपालिका -नेपाली कांग्रेस
राजपुर नगरपालिका -नेपाली कांग्रेस
दुर्गा भगवती गाउँपालिका -नेपाली कांग्रेस
राजदेवी नगरपालिका –नेपाली कांग्रेस
मौलापुर नगरपालिका -माओवादी केन्द्र
यमुनामाई गाउँपालिका –माओवादी केन्द्र
फतुवा विजयपुर नगरपालिका –माओवादी केन्द्र
देवाही गोनाही नगरपालिका -संघीय समाजवादी फोरम
माधव नारायण नगरपालिाका -संघीय समाजवादी फोरम
बौधीमाई नगरपालिका –संघीय समाजवादी फोरम
गौर नगरपालिका –राजपा
गुजरा नगरपालिका -राजपा
ईशनाथ नगरपालिका –नेपाल लोकतान्त्रिक फोरम



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell