PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कँडेललाई मदन पुरस्कार र वात्सायनलाई जगदम्बाश्री पुरस्कार प्रदान



पहिलोपोस्ट

कँडेललाई मदन पुरस्कार र वात्सायनलाई जगदम्बाश्री पुरस्कार प्रदान

काठमाडौंः यस वर्षको मदन पुरस्कार घनश्याम कँडेल र जगदम्बाश्री पुरस्कार दुर्गा बराल वात्स्यायनलाई प्रदान गरिएको छ।
 मदन पुरस्कार गुठीले एक कार्यक्रम गरी उनीहरुलाई पुरस्कार प्रदान गरेको हो।

मदन पुरस्कार गुठीको बैठकले अन्तिममा छानिएका ९ कृतिमध्ये कँडेलको कृति ‘धृतराष्ट्र’लाई उत्कृष्ट ठहर्याएको थियो।

२०१२ सालमा रानी जगदम्बाले स्थापना गरेको मदन पुरस्कार पहिलोपल्ट वि.सं २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई अर्पण गरिएको थियो। २०४५ सालमा जगदम्बा रानीको निधनपछि उनको सम्झना स्वरूप जगदम्बाश्री पुरस्कारको स्थापना गरिएको हो। 

प्राध्यापक कँडेलको तेस्रो खण्डकाव्य ‘धृतराष्ट्र’ ऐरावती प्रकाशनले बजारमा ल्याएको हो। अनुष्टुप छन्दमा रचिएको खण्डकाव्यमा ‘कृतज्ञान ज्ञापन’, ‘अन्धत्व चेत’, ‘संवेदनाहीनहरूप्रति’, ‘सत्तास्वप्न’, ‘स्वप्नभङ्ग’, ‘अप्रत्यासी राज्यप्राप्ति’, ‘युद्धको त्रासदीपछि’, ‘समाहार’ शीर्षकका काव्य रचना छन्। कँडेलका यसअघि ‘देवयानी’, र ‘विश्वामित्र–मेनका’ खण्डकाव्यसँगै कविता, समालोचना गरी ११ कृति प्रकाशित छन्।

वात्सायन स्थापनाकालदेखि नै कान्तिपुर दैनिकमा कार्टुन बनाउँदै आएका छन्। नेपाली छापा माध्यममा कार्टुन चित्रका पर्याय बनेका वात्स्यायनलाई समसामयिक विषय र विसङ्गतिहरूलाई कार्टुन चित्रमा छोटो र प्रभावकारी भाषिक अभिव्यक्तिको प्रयोग गरी समाजमा सचेतना जगाउँदै निरन्तर नेपाली भाषाको सेवा गरिरहे यो पुरस्कार दिइएको हो।

दुवै पुरस्कारको राशी २–२ लाख रुपैयाँ रहेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell