PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एमाले स्थायी कमिटी बैठक केन्द्र र प्रदेशमा बहुमतसहितको आफ्नो सरकार बनाउने रणनीति



एमाले स्थायी कमिटी बैठक केन्द्र र प्रदेशमा बहुमतसहितको आफ्नो सरकार बनाउने रणनीति

काठमाडौँ : नेकपा एमालेले केन्द्रीय र प्रादेशिक सरकार आफ्नो पार्टीको बहुमतसहितको बनाउने रणनीति तयार पार्ने भएको छ। आजदेखि बसेको पार्टी स्थायी कमिटीको बैठकमा जानकारी दिँदै सचिव प्रदीप ज्ञवालीले भने, 'मूल एजेन्डा मंसिरमा हुने निर्वाचनमा बहुमतसहितको सरकार बनाउने रणनीतिमा केन्द्रित छ।'

यसका लागि पार्टीको सम्पूर्ण पंक्तिलाई लाग्न आह्वान गर्ने, तोकिएको समयभित्र उम्मेदवार सिफारिश गर्न निर्देशन दिने उनले बताए। 

अब सबैको ध्यान निर्वाचनलाई केन्द्रबिन्दू बनाएर गर्नुपर्ने ज्ञवालीले बताए। 

प्रदेश २ को असोज २ गते भएको चुनावको चर्चा पनि आजको बैठकमा भएको र हाल मतगणना भइरहँदा मतपत्र च्यात्न खोज्ने, एमालेले जितेको ठाउँमा परिणामै घोषणा नगर्ने जस्ता अवाञ्छित हर्कतहरुमा पनि ध्यानाकर्षण भएको उनले बताए। 

स्थायी कमिटीको बैठकले निर्वाचन रणनीति सम्बन्धी प्रस्ताव तयार पार्ने र त्यसलाई केन्द्रीय कमिटीको बैठकले पारित गर्ने ज्ञवालीले जानकारी दिए। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell