PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

'ऐश्वर्य'को ट्रेलरमा प्रेम र एक्शन



पहिलोपोस्ट

'ऐश्वर्य'को ट्रेलरमा प्रेम र एक्शन

काठमाडौं: फिल्म 'ऐश्वर्य'को ट्रेलर रिलिज भएको छ। तिहारमा रिलिज टार्गेट रहेको फिल्मले प्रचार प्रसारका लागि ट्रेलर सार्वजनिक गरेको हाे। ट्रेलर एक्शन र प्रेम केन्द्रीत रहेकाे छ। यसअघि फिल्मको गीत र टिजर सार्वजनिक भएकाे थियो।
क्रार्यक्रम अायोजना गरी सार्वजनिक गरिएको ट्रेलरमा मुख्य पात्रहरु रमेश उप्रेती, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार र केकी अधिकारीको फिचरिङ रहेको छ। दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अभिनय क्षेत्रको दुई पुस्ता एकसाथ देखिएका छन्।



वैश्णु देवी फिल्म ब्यानरको प्रस्तुती रहेको फिल्मलाई किरण राणा उप्रेती, अर्जुन श्रेष्ठ र निर्मल शर्माले निर्माण गरेका हुन्। फिल्ममा कलाकारहरु रमेश उप्रेती, दीपिका प्रसाईं, केकी अधिकारी, प्रशान्त ताम्राकार, केशव भट्टराई, निर्मल शर्मा, अर्जुन जंग शाही, तेन्जु योन्जन, बिकास खतिवडा, अमृत पोखरेल, सुनिता ठाकुरको अभिनय रहेका छन्। छायाकार सुदिप बरालले खिचेको फिल्ममा संगीत अर्जुन पोखरेल र बिराज गौतमले दिएका हुन् भने हिमाल केसीको द्वन्द्ध रहेको छ। फिल्मलाई अल नेपाल डिसीएनले वितरण गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell