PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जनकपुर उपमहानगरमा राजपाको कांग्रेससँग तीन गुणा मतान्तर



जनकपुर उपमहानगरमा राजपाको कांग्रेससँग तीन गुणा मतान्तर

काठमाडौं : जनकपुर उमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपालले फराकिलो मतान्तरसहित अग्रता लिएको छ। राजपाले दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसलाई तीन गुणा भन्दा बढी मतले अगुवाइ गरेको छ।
 
जनकुर उपमहानगरपालिकामा अग्रता कायम गरिरहेको राजपाले मेयरमा ५ हजार ४६ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको १ हजार सात सय ४० मात्र छ। तेस्रो स्थानमा रहेको नेकपा एमालेको जम्मा ५ सय ५ मत छ भने चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रको जम्मा १ सय ७९ मत मात्र छ।

जनकपुर उपमहानगरपालिकाको मेयरमा कांग्रेसका मनोज साह, एमालेका लक्ष्मीनारायण भगत साह, माओवादीका चन्द्रशेखर साह, राजपाका लालकिशोर साह, समाजवादी फोरमका विष्णुदेव साह, फोरम लोकतान्त्रिकका हंसराज साह उम्मेदवार छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell